ताप्लेजुङ । ३२ वर्षीय छोराको कुपिटको कारण बाबुको मृत्यु भएको छ । घरायसी विवादका कारण आफ्नै छोराले पिटाइबाट बाबुको मृत्यु भएको हो । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ बुङकुलुङका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
कुटपिटबाट घाइते भएका बाबु दलबहादुर गुरुङको उपचारको लागि झापा लैजाने क्रममा इलाममा आइतबार मृत्यु भएको थियो । प्रहरी कार्यालयका अनुसार चैत्र १६ गते बेलुका घरायसी विवाद हुँदा गजेन्द्रले बाबुलाई निर्घात कुट्नुका साथै धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए ।