पाँचथर पल्लोटारको बसपार्क कार्यान्वयनमा समस्या
फिदिम, ११ चैत । हालै सञ्चालनमा ल्याइएको पाँचथरको फिदिम–२, पल्लोटारस्थित स्थायी बसपार्कको कार्यान्वयनमा समस्या देखिएको छ ।
शहर विस्तार हुने अनुमानका आधारमा फिदिम बजारबाट झण्डै डेढ किलोमिटर दूरीमा रहेको पल्लोटारमा निर्माण गरिएको बसपार्क कार्यान्वयनमा समस्या भएको हो । दुई दशक अघि निर्माण थालेर गत मङ्सिरबाट सञ्चालनमा ल्याइएको बसपार्कमा यात्रु पुग्न कठिनाइ परेको छ ।
मानवीय चाप नहुँदा सवारी साधन समे...






























