बिराटनगर, १९ चैत । नोबेलमा छाती तथा फोक्सो सम्बन्धि समस्याका बिरामीको चाप बढेको छ । दैनिक करिव तीन हजार बिरामी आउँने गरेको नोबेलमा छाती तथा फोक्सो बिभागमा मात्रै तीन सय बिरामीले उपचार गराउँने गर्छन् ।
हरेक दिन दुई सय भन्दा बढी बिरामीले ओपीडीमा उपचार गराएर फर्कनुका साथै एक सय हाराहारी बिरामी बेड भर्ना हुने गरेको छाती तथा फोक्सो बिभागले जनाएको छ । यो संख्या क्रमिक रुपमा बढ्दै गएको छ । उपचारका लागि पूर्वी नेपालका बिभिन्न जिल्लासँगै छिमेकी देश भारतबाट पनि धेरै बिरामीहरु नोबेलमा आउँने गरेका छन् । फोक्सो बिभागमा आउनेमा प्राय ४० बर्षमाथिका बिरामीको संख्या अधिक छ । मुख्यगरी दम, निमोनिया, क्षयरोग, फोक्सोको क्यान्सर, फोक्सोमा पानी जमेको, घुर्ने लगायत समस्याका बिरामी बढी आउँने गरेको छाती तथा फोक्सो रोग बिशेषज्ञ डा.रामहरी घिमिरेले जानकारी दिए । ‘पल्मो ओपीडीमा बिरामीको सधै भीडाम्भीड हुँने गर्छ, वार्ड पनि टनाटन छ,’ डा.घिमिरेले भने ।
वायुप्रदुषण, धुम्रपान, असन्तुलित खानपान लगायत कारणले छाती तथा फोक्सोका बिरामी बढी हुँने गरेको डा.घिमिरेको भनाई छ । बिशेषज्ञ डाक्टरबाट उपचार गराउँन पाउँने हुँनाले राम्रो उपचारका लागि नोबेलमा आउँने गरेको बिरामीहरु बताउँछन् । तेह्रथुमका गोबिन्द संग्रौला र सुनसरीकी निर्मला कटेल (घिमिरे) ले राम्रो उपचार पाउँने भएकाले बिरामी हुँदा सधै नोबेलनै आउँने गरेको बताए । उनीहरुजस्ता अधिकांसको प्रतिक्रिया यस्तै छ । नोबेलको छाती तथा फोक्सो बिभागमा फुकेर गरिने फोक्सोको जाँच अर्थात स्पाइरोमेट्री, पाईप छिराएर फोक्सो भित्र प्रत्यक्ष हेर्ने ब्रोंकोस्कोपी र छातीमा पानी जमेको हेर्ने थोरयाकोस्कोपी हुने गरेको छ । यहि परीक्षणबाट बिरामीको रोग पत्ता लगाई उपचार गर्ने गरिन्छ ।
त्यस्तै निन्द्रामा घुर्ने समस्याका बिरामीहरुका लागि ‘स्लीप ल्याव’ मार्फत उपचार गर्ने गरिन्छ । रोग पत्ता लगाउँने परीक्षण मध्ये थोरयाकोस्कोपी पूर्वी नेपाल भरमा नोबेलमा मात्र हुँने गरेको छ भने स्लीप ल्याव परीक्षण र ब्रोंकोस्कोपी पनि बिरलै मात्र हुँने गरेको नोबेल अस्पतालले जनाएको छ । यसैवीच दम रोगका बिरामीले औषधि सेवन बिधि राम्रोसँग नजान्दा उपचारको प्रभावकारीता कम हुँने गरेको डा.घिमिरेको बुझाई छ । औषधि प्रयोग बिधि राम्रोसँग बुझेर मात्र प्रयोग गर्न उनको सुझाव छ । दम रोगका बिरामीहरुलाई औषधि सेवनका बिषयमा जानकारी गराउँन नोबेलमा बेग्लै कर्मचारी पनि परिचालन गरिएको छ ।
भिडियो