
खोटाङ, १९ चैत्र । खोटाङमा नदीले बगाएर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–४ स्थित दुधकोशी नदीमा सोमबार दिउँसो पौडी खेल्ने क्रममा थुलुङ दुधकोशी गाउँपालिका–४ का २५ बर्षीय भरत चर्मकार डुबेर बेपत्ता भएका थिए ।
प्रहरी र स्थानीयबासीले खोजी गर्ने क्रममा मंगलबार बिहान करिव १० बजे उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थुलुङ दुधकोशी गाउँपालिका–३ मैङखु बेँसी स्थित दुधकोशी नदीमा उनको शव भेटिएको हो । पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल सोलुखुम्बु पठाईएको छ ।















