झापा, १५ चैत । झापामा वेवारिसे अवस्थामा नवजाद शिशु जिवितै भेटिएको छ । झापाको भद्रपुर नगरपालिका ८ स्थित सगरमाथा चोकमा जिवित नवजात शिशु वेवारिसे अवस्थामा भेटिएको हो ।

Advertisement

जिल्ला प्रहरीका कार्यालय झपाका अनुसार अन्दाजी १ महिनाको नवजात छोरा शिशुलाई बीच सडकबाटै वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बुधवार राति उद्धार गरेको हो। उक्त शिशुलाई अहिले मेची अञ्चल अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

शिशुलाई कसले र किन छाडेको भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ । कस्को शिशु र कस्ले छोडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको र मान्छे पत्ता नलागे र कसैले जिम्मा नलिए शिशुलाई जिल्ला बालकल्याण समिति झापालाई बुझाइने प्रहरीले बताएको छ ।

न्युज २४

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!