तेह्रथुम, १४ चैत । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हात्तीखर्क स्थित तमोर नदिको किनारमा सडेगलेको अवस्थामा शव फेला परेको छ ।

Advertisement

इलाम नगरपालिका–९ बस्ने ६४ वर्षीय खुसप्रसाद लुइँटेल मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक राकेशकुमार   पोदारले जानकारी दिए ।

शव सडेगलेको भएकाले पोस्टमार्टम गर्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । लुइँटेल गत फाल्गुन २८ गतेदेखि घरबाट बेपत्ता थिए ।

उनको मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्युज २४

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!