संगालोखबर सम्वाददाता

बिराटनगर, ११ चैत । नोबेल शिक्षण अस्पतालमा मस्तिष्क पक्षघातपीडित १० बर्षिया बालिकाको शल्यक्रिया गरी पित्त नली र पित्त थैलीको पथरीया सफलतापूर्वक निकालिएको छ । मस्तिष्क पक्षघातका कारण शारीरिक र मानसिक बृद्धिविकाससमेत राम्रोसँग नभएकी झापाको गौरीगञ्जकी खुस्बु दासको पेटबाट ल्याप्रोस्कोपिक बिधिमार्फत दुई वटा पथरीया निकालिएको हो ।

Advertisement

पूर्वका बिभिन्न अस्पतालसहित काठमाण्डौं पुग्दा पनि खुस्बुको शल्यक्रिया हुँन नसक्दा उनको परिवार अन्यौलमा थिए । तर, अन्तिममा नोबेल अस्पतालका जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जन डा.रुस्लान सुलाइमानकुलोभ नेतृत्वको चिकित्सकहरुको टोलीले ल्याप्रोस्कोपिक बिधिमार्फत बालिकाको पित्त नली र पित्त थैलीको पथरीया सफलतापूर्वक निकालेपछि दास परिवारलाई पीडाबाट मुक्ती मिलेको छ । ‘काठमाण्डौसम्म पुर्याउँदा पनि छोरीको अप्रेशन हुँन नसक्दा हामी के गर्ने भनेर अन्यौलमा थियौ ।’ खुस्वुका वुवा मधुकरले भने ‘अन्तिममा नोबेलमा आएर छोरी ठिक भईन्, बल्ल ढुक्क भयो ।’

बोल्न र हिड्नसमेत नसक्ने १० बर्षिया दासको पित्त नली र पित्त थैली दुवैमा पथरीया थियो । पथरीया निकाल्न बालिकालाई पूर्वका बिभिन्न अस्पतालसहित राजधानीको धुलिखेल अस्पताल पनि पुर्याईयो । बालिकालाई मस्तिष्क पक्षघात भएकाले अप्रेशनका क्रममा बेहोस बनाएपछि होसमा आउँन गाह्रो पर्ने भन्दै धेरै अस्पतालले उनको अप्रेशन गर्न मानेनन् ।

ईआरसीपी बिधिबाट पित्त नलीको ढुंगा निकाल्न पनि नली साँगुरो र ढुंगा ठुलो भएका कारण नमिलेपछि उनलाई अन्तिममा नोबेल अस्पताल ल्याईएको थियो । नोबेलमा ल्याप्रोस्कोपिक बिधिबाट पेटमा एउटा सानो प्वाल पारेर ढुंगा निकालिएको हो । अत्याधुनिक उपकरणको सहायतामा पेटमा प्वाल पारेर पित्त थैलीको माध्यमबाट पित्त नली सफा गरी ढुंगासहित पित्त थैली पनि निकालिएको डा.रुस्लानको भनाई छ ।

अप्रेशन पछि बालिकाको स्वास्थ्यमा सुधार आएको छ । निको भएपछि उनलाई अस्पतालबाट घर लगिएको छ । छोरी निको भएपछि उनको परिवार हर्षित छन।

भिडियो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!