संगालोखबर सम्वाददाता

खोटाङ, ११ चैत्र । खोटाङको साकेला गाउँपालिका ४ हुपापुमा माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ ।

Advertisement

दिउँसो २ बजे साकेला गाउँपालिका ५ कामिसरामा रहेको भिरमा रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर साकेला गाउँपालिका ४ बस्ने बर्ष ३५ की तारा खड्काको मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालयमात्तिमविर्ताबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।  शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!