भद्रपुर, १३ चैत । झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकैको मकैबारीमा लगेर मङ्गलबार राति ८ बजे जबर्जस्ती करणी गरेको युवतीका बुबाले दिएको उजुरीका आधारमा प्रहरीले तामाङलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!