राष्ट्रिय फुटबल टोली एशियन कप खेल्न कतार जाने
काठमाडौँ, ९ चैत । एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल खेल्न राष्ट्रिय फुटबल टोली कतारको दोहा जाने भएको छ ।
यही चैत १३ गते दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै अखिल नेपाल फुटबल संघले बिदाइ गरेको छ ।
यसअघि काठमाडौँमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । छनोट खेलमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बरा...




























