काठमाडौँ, २ असार । विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियामाथि संघर्षपूर्ण जित निकालेको छ ।

Advertisement

पहिलो हाफमा बराबरी खेलेको फ्रान्सले दोस्रो हाफको ५८ औं मिनेटमा एन्टोनिया ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ६२ औं मिनेटमा नै अष्ट्रेलियाले पेनाल्टी पायो । अस्ट्रेलियाको लागि माइल जेडिनाकले पेनाल्टीमार्फत गोल गर्दै बराबरी बनाए ।

विश्वकपको दाबेदार मानिएको फ्रान्सलाई खेलको ८१ औं मिनेटमा राहत मिल्यो र पउल पोग्वाले दोस्रो गोल गरे ।

फ्रान्सविरुद्ध अष्ट्रेलियाले पहिलो हाफमा सानदार खेल प्रदर्शन गरेको थियो । तर, दोस्रो हाफमा फ्रान्सले आक्रामक खेल तापनि अष्ट्रेलियानले खेलमा फर्कन हरसम्भव प्रयास गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!