काठमाडौँ,२ असार । कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको आफ्नो पहिलो खेलमा डेब्यू टोली आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ।

खेलको ६३अौं मिनेटमा आइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलार्इ लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन। बायाँ तर्फ मेस्सीले प्रहार गरेको प्रहारलार्इ आइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ दिएका थिए।यसअघि पहिलो हाफमा दुबै टोलीले १-१ गोल गरेका थिए।

सर्जियो अग्युरोको गोलमा आइसल्याण्डमाथि अर्जेन्टिनाले सुरुवाती अग्रता दिलाएको चार मिनेटमै आइसल्याण्डले बराबरी गोल फर्काएको थियो।खेलको १९अौं मिनेटमा पेनाल्टी एरियामा सहकर्मी रोजोबाट आएको बललार्इ नियन्त्रण गर्दै अग्युरोले १५ यार्डबाट गोल गरेका थिए।

उनको यो विश्वकपको पहिलो गोल हो।२३ अौं मिनेटमा आइसल्याण्डले बराबरी गोल फर्कायो। गाइल्फी सिगुर्डसनको क्रसमा फिन्बोगोसनले ६ यार्डको दुरीबाट बराबरी गोल फर्काएका हुन। आइसल्याण्डको विश्वकपमा यो पहिलो गोल हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!