काठमाडौँ, १ असार । इजिप्टलाई १–० ले पराजित गर्दै उरुग्वेले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत रुसको इकाटेरिनबर्ग एरिना रंगशालामा केहिबेर अगाडि सकिएको खेलमा अन्तिम समयमा गोल खार्दै इजिप्ट पराजित हुन पुग्यो।

Advertisement

उरुग्वेका लागि खेलको ९० औं मिनेटमा डिफेन्डर जस गिमिनेजले फ्रिकिक मार्फद उत्कृष्ट हेड गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए। खेलको अन्तिमसम्म उरुग्वेलाई रोकेको इजिप्टले ९० औं मिनेटमा भने गोल खान पुगेको थियो। खेलअवधिभर दुवै टोलीले पाएका केही सुन्दर अवसर सदुपयोग गर्न भने सकेनन्।

खेल अवधिभर इजिप्टलाई दबाबमा राखेपनि उरुग्वेले गोल गर्न अन्तिम समयसम्म कुर्नुपरेको थियो। आजको खेलमा च्याम्पियन्स लिग अन्तर्गत रियलसँग फाइनल खेलमा घाइते भएका इजिप्टका मोहम्मद सालाहलाई भने सुरुवाती ११ मा राखिएको थिएन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!