काठमाडौँ, ४ असार । पाँच पटकको विश्वकप विजेता र दाबेदार मध्येको एक ब्राजिल पनि बराबरीमा रोकिएको छ । ब्राजिल स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

Advertisement

ब्राजिलका फिलिपे काउटिन्होले २० औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर काउटिन्हो अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ ।

स्टेभन जुबेरले ५० औं मिनेटमा बराबरी गोल गर्दै बराबरी बनाए । कर्नरबाट आएको बलमा उनले नजिकबाट हेड गोल गरेका थिए । समूह इको यसअघि भएको अर्को खेलमा सर्बियाले कोस्टा रिकालाई १–०ले हराएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!