काठमाडौँ, २१ जेठ । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्को छलाङ मार्दै क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन्। भर्खरै अाइपीएलसँगै विश्व-११ बाट खेलेर अाएका सन्दीप अाइतबार उक्त लिगका लागि छनौट भएका हुन्।

Advertisement

सन्दीपलाई लिगको मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा खरिद गरेको प्रतियोगिताको अफिसियल ट्विटर एकाउन्टमा जनाइएको छ। पहिलो संस्करण अायोजना हुन लागेको प्रतियोगिता जुन २८ देखि जुलाइ १५ तारिख सम्म चल्नेछ।

६ टोलीको सहभागिता रहेको प्रतियोगिता टोरन्टो स्थित माप्ले लिफ क्रिकेट क्लबको मैदानमा खेलिनेछ। प्रतियोगिताको मार्की प्लेयरका रुपमा शाहिद अफ्रिदी, डुवेन ब्रावो, क्रिस गेल, लसिथ मलिंगा, क्रिस लेन, सुनिल नारायण, डेभिड मिलर, लसिथ मलिंगा, अन्ड्रे रसेल, डरेन सामी, स्टिभ स्मिथ रहेका छन्।

ड्राफ्टका लागि १६ सय खेलाडीहरुले नाम दर्ता गराएको थिए। ती मध्येबाट सन्दीप श्रीलंकाका लसिथ मलिंगा, तिसरा परेरा, वेष्ट इन्डिजका सुनिल नारायण, पाकिस्तानका मोहम्मद हफिज, जिम्बावेका सिकन्दर राजा अादि भएको टोली मोन्ट्रेल टाइगर्समा छनोट भएका हुन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!