पल्सर स्पोर्टस् अवार्डः तीन विधाको मनोनयनमा परे सन्दिप
काठमाडौं, ३१ वैशाख । युवा क्रिकेटर सन्दिप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीन वटा विधामा मनोनयनमा परेका छन् ।
पिपुल्स च्वाईस विधामा यसअघि नै मनोयनमा परेका लामिछाने सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि परेका छन् ।
उत्कृष्ट पुरुष खेलाडीमा लामिछानेसँगै क्रिकेटर पारस खड्का, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, गल्फका टंक ब...



























