काठमाडौँ, १ असार । विश्वकप २०१८ काे उद्घाटन खेलमा कान नसुन्ने सेताे बिरालाेले गरेकाे भविष्यवाणी मिलेकाे छ । ‘एकिलिज’ नामको उक्त रुसी बिरालोले विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अायोजक देश रुसले जित्ने भविष्यवाणी गरेको थियाे ।

Advertisement

बिहीबार राति सम्पन्न खेलमा रूसले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गर्दै उद्घाटन खेलमा शानदार जित हासिल गर्याे ।

बुधबार बिरालाेमार्फत गराइएकाे भविष्यवाणीमा रूसले जित्ने बताइएकाे थियाे । दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले दुवै तर्फका प्लेट केहीबेर हेरेर अन्त्यमा रुसी झण्डासँगै राखिएकाे प्लेटकाे खानेकुरा खाएकाे थियाे, यसकाे मतलब रूसले जित्नु नै हुन्थ्याे।

कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने अाधिकारिक जनावरको मान्यता दिइएको छ। यसअघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालाेलार्इ विश्वकपमा अाधिकारिक भविष्यवाणीका लागि ल्याइएकाे हाे । सन् २०१० को विश्वकपमा ‘पल’ नामकाे अक्टोपसले भविष्यवाणी गरेर चर्चामा अाएकाे थियाे ।

यसअघि प्रकाशित समाचार पनि पढनुहोस…

सेतो बिरालोको भविष्यवाणीः आजको खेल रसियाले जित्छ (भिडियोसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!