काठमाडौँ, २ असार । रसिया विश्वकप फुटबल अन्तर्गत शनिबार तीन खेल हुँदैछन् । पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियाको सामना गर्दा अर्जेन्टिनाले नवप्रवेशी मुलुक आइसल्याण्डको सामना गर्दैछ । त्यस्तै तेस्रो खेलमा पेरुले डेनमार्कसंग आमने सामने हुँदा चौथो खेलमा क्रोएसियाले नाइजेरियाको सामना गर्नेछ ।

Advertisement

फ्रान्स भर्सेस अष्ट्रेलिया

फ्रान्स सन् १९९४ यताका सबै विश्वकपमा सहभागी हुँदै आएको छ । अहिलेसम्म १४ पटक विश्वकप खेलेको फ्रान्स गएको विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । फिफा वरियतामा सातौँ स्थानमा रहेको फ्रान्स दुई पटक फाइनलसम्म र पाँच पटक सेमिफाइनलसम्म पुगेको छ ।

फ्रान्स यसपटक २० वर्षपछि उपाधि फर्काउने लयमा देखिएको छ । स्टार खेलाडीले भरीएको फ्रान्स समग्रमा बलियो टिम हो । सबै खेलाडी विश्वका शीर्ष लिगका क्लबमा आबद्ध छन् । ओलिभर जिरउडको फ्रान्सका आकर्षक हुन् । त्यस्तै फिफा वरियतामा ४० औँ स्थानमा रहेको अस्ट्रेलियाको यो पाँचौ विश्वकप हो ।

पहिलोपटक सन् १९७४ मा विश्वकप खेलेको अस्ट्रेलिया अहिले लगातार चौथो पटक विश्वकपको लागि छनोट भएको हो । सन् २०१५ मा एसियन कपको उपाधि जितेको अस्टे्रलिया यसपटक विश्वकपमा समूह चरणबाट माथि पुग्ने लक्ष्यका राखेको छ ।

फ्रान्स र अष्ट्रेलियाको यस अघि सन् २००१ मा कन्फेडेरेसन कपमा भेट भएको थियो । जहा अष्ट्रेलियाले फ्रान्सलाई एक शुन्य गोलले हराएको थियो । सन् १०१३ मा भने फ्रान्सले अष्टेृलियालाई ६– ० गोलले पराजित गरेको थियो । यी दुइुको खेल काजान एरेना स्टेडियममा नेपाली समय अनुसार पौने ४ बजे हुनेछ ।

अर्जेन्टिना भर्सेस आईसल्याण्ड

सन् १९३० देखि नै विश्वकप खेलेको अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि जितेको छ । १७ पटक विश्वकप खेलीरहेको अर्जेिन्टना सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो । पाँच पटक सेमिफाइनलमा पुगेको अर्जेिन्टना पाँच पटक नै विश्वकपको फाइनलमा पुगेको छ । यो पटक अर्जेन्टिनामा स्टार स्ट्राइकर लियोनल मेसी बाहेक धेरै राम्रा राम्रा खेलाडी पनि छन् ।

अजेन्र्टिना मेसीकै हृयाट्रिकको सहयोगमा विश्वकपका लागि छनौट भएको थियो । २१ औ सस्करण सम्म आईपुग्दा विश्वकपमा पहिलो पटक छनोट भएको आइसल्याण्ड खेल सुरु हुनु नै केहि रेकर्ड बनाईसकेको छ । फिफाको वरियतामा २२ औँ स्थानमा रहेको आईसल्याण्डको यो नै ठुलो प्रतियोगीतामा हो ।

आइसल्याण्ड विश्वकप खेल्ने सबैभन्दा सानो देश भएको र पहिलो पटक भएको कारण पनि यसैले आइसल्याण्ड विश्वकपमा हारजितको दौरानमा छैन । यी दुईको खेल नोपली समय अनुसार पौने सात बजे स्पार्टक स्टेडियम मस्कोमा हुनेछ ।

पेरु भर्सेस डेनमार्क

फिफा वरियतामा ११ औँ स्थानमा रहेको पेरु ३६ वर्षपछि विश्वकपमा फर्किएको छ । चार पटक विश्वकप खेलेको पेरु सन् १९८२ यताका विश्वकपमा छनोट हुन सकेको थिएन । त्यस्तै फिफा विश्व वरियतामा १२ औँ स्थानमा रहेको युरोपको फुटबलमा राम्रो टिम मानिने डेनमार्कको यो पाँचौ विश्वकप हो । विश्वकपमा डेनमार्क दुई पटक अन्तिम १६ मा र एकपटक क्वाटरफाइनलसम्म पुगेको छ ।

स्टार स्ट्राइकर क्रिष्टियन इरिकसन डेनमार्कका लागी आकर्षक हुन् । पेरु र डेनमार्कको अहिले सम्म फुटबलमा भेट भएको छैन । त्यसैले पनि आजको खेल दुवै टोलीका निम्ति महत्वपूर्ण हुनेछ ।

यी दुइृको खेल नेपाली समय अनुसार पौने १० वजे मोर्डोभिया स्टेडियमममा हुनेछ । यस्तै दक्षिण अमेरिकी मुलुक पेरुले युरोपेली मुलुक डेनमार्कको सामना गर्दा मध्यराति १२ बजेट ४५ मिनेटमा युरोपको जादुमयी मुलुक क्रोएशियाले अफ्रिकी इगल भनेर चिनिने नाइजेरियाको सामना गर्ने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!