एजेन्सी

काठमाडौँ, ३ असार । नाइजेरिया र क्रोएशियाबीच गएराति भएको खेलमा क्रोएशियाले जीत हात पारेको छ । क्रोएशियाले नाइजेरियामाथि २–० ले पछि पार्दै जीत हात पारेको हो ।

Advertisement

नाइजेरियाका खेलाडी इटेबोको आत्मघाती गोलको सहयोगले खेलको पहिलो हाफमा १–० ले अग्रता लिएको क्रोएशियाले दोस्रा हाफमा पेनाल्टीबाट दोस्रो गोल गरे। खेलको ३२ औं मिनेटमा इटेबोले आत्मघाती गोल गरेका हुन्।

त्यस्तै दोश्रो गोल क्रोएशियाका मोडरिकले खेलको दोस्रो हाफको ७१ औं मिनेटमा पेनाल्टी मार्फत गरेका हुन्।

नाइजेरियाका एकंगले म्यानडुजिकलाई फल गरेपछि पेनाल्टी पाएको थियो।नाइजेरीयाका ओगेनकारो इटेबोले आत्मघाती गोल गर्दा क्रोएसिया खेलमा अग्रता कायम गर्न सफल भएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!