काबेली बैंकले सर्वसाधारणको शेयर बढाउँने
धनकुटा। धनकुटामा सञ्चालित काबेली विकास बैंकले सर्वसाधारणको शेयर अनुपात बृद्धि गर्ने भएको छ । सदरमुकाममा बुधवार सम्पन्न बैंकको नवौं वार्षिक साधारण सभाले सर्वसाधारणको शेयर अनुपात बढाएर ४९ प्रतिशत पुर्याउँने निर्णय पारित गरेको हो ।
काबेली बैंकमा यसअघि ७० प्रतिसत सस्थापक र ३० प्रतिसत सर्वसाधारणको शेयर थियो । अव सर्वसाधारणको शेयर थप गरी ४९ प्रतिशत पुर्याएर सस्थापकको शेयर ५१ प्रतिशतमा सिमित गरिने बैंकक...
