जिल्लामा सञ्चालित सयौँ योजना अलपत्र,बजेट कार्यान्वयनमा समस्या

जिल्लामा सञ्चालित सयौँ योजना अलपत्र,बजेट कार्यान्वयनमा समस्या

पाल्पा, ९ कार्तिक । चालु आर्थिक वर्षको तीन महिना वितिसक्दा पनि विकासका लागि विनियोजित रकमको खर्च गर्ने अख्तियारी नआउँदा जिल्लामा सञ्चालित सयौँ योजना अलपत्र अवस्थामा छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गतका कार्यालयमा विकास बजेट खर्च गर्ने अख्तियारी नआएका कारण खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयद्वारा सञ्चालित योजना अलपत्र परेका हुन् । विकास बजेट खर्च गर्ने अख्तियारी नआएका कारण कार्यालयमा का...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं, २९ असोज । असोज महिनाको अन्तिम हप्ताको साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले वृद्धि भएको हो । चाँदीको मूल्य भने यथावत छ । सुन आज प्रतितोला ५६ हजार ७ सय रुपैया र चाँदी ७ सय ७५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत हप्ता सुन ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
म्यादी प्रहरीका लागि पाँच अर्ब खर्च लाग्ने

म्यादी प्रहरीका लागि पाँच अर्ब खर्च लाग्ने

काठमाडौं, २९ असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ । निर्वाचन दुई चरणमा हुने भन्दै सुरक्षा निकायले करिब एक लाखको संख्यामा म्यादी प्रहरी भर्ना गर्ने भएपछि खर्च पाँच अर्ब रुपैयाँभन्दा बढी भएको हो । आम निर्वाचनमा यति धेरै संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको यो पहिलोपटक हो । अर्थ मन्त्रालयका एक उच्च...
कृषकलाई अलैँची टिप्ने चटारो

कृषकलाई अलैँची टिप्ने चटारो

बेँसीशहर, २७ असोज । छिनखोलाकी चितारीमाया तामाङको पिँढीमा अलैँचीको थुप्रो लागेको छ । छोरीसहित अलैँचीको थुप्रो वरिपरि बसेर अलैँची छोडाउन व्यस्त हुनुहुन्छ । दशैँ सकियो, तिहार आउँदैछ तर पनि छिनखोलामा चाडपर्वको खासै चहलपहल छैन । अलैँची पाकेपछि किसानलाई टिप्न, छोडाउन र सुकाउन भ्याईनभ्याई छ । अन्यत्र बडादशैँ, तिहारलगायतका चाडपर्वको रमझम छ । अलैँची किसानलाई भने अलैँची व्यवस्थापन गर्दा फुर्सद नै छैन । ...
तिहार र छठ पर्वलाई लक्षित गरेर पाँच करोडको स्याउ आयात

तिहार र छठ पर्वलाई लक्षित गरेर पाँच करोडको स्याउ आयात

पथरी, मोरङ, २७ असोज । हिन्दूहरुको महान्पर्व तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले रु पाँच करोड रकम बराबरको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी संघका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार पूर्वाञ्चलका लागि रु पाँच करोड मूल्य बराबरको ७५ ट्रक अर्थात् एक करोड ५० लाख काटुन स्याउ आयात गरिएको हो । एक ट्रकमा दुई हजार कार्टुन स्याउ आयात हुन्छ । पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत विक्...
तिहारलाई १५ लाख माला आवश्यक, एउटाको मूल्य ७० रुपैयाँसम्म

तिहारलाई १५ लाख माला आवश्यक, एउटाको मूल्य ७० रुपैयाँसम्म

काठमाडौं, २७ असोज । हरेक तिहारमा मुलुकभर करिब १५ लाख थान माला खपत हुने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार त्यसका लागि आवश्यक फूल जुटाउन व्यवसायी लागिपरेका छन् । ‘आन्तरिक उत्पादनलाई हेरेर विदेशबाट पनि आयात गर्ने तयारीमा छौं,’ उनले भने । करिब तीन लाख थान मालाका लागि फूल अपुग हुने एसोसिएसनको अनुमान छ । फूल आयात मूलतः भारतबाटै हुन्छ । श्रेष्ठका ...
तेह्रथुम, संखुवासभा र धनकुटाका बजारमा तरकारीको मूल्य आकासियो

तेह्रथुम, संखुवासभा र धनकुटाका बजारमा तरकारीको मूल्य आकासियो

तेह्रथुम । दसैँ अघिसम्म सस्तो रहेको बन्दागोभी, काउली र मुलाको मूल्य चाडबाड लागेसँगै अकासिएको छ । दसैँअघि बजारमा प्रतिकिलो रु तीनमा पाइने बन्दागोभीको मूल्य बढेर रु १६ पुगेको छ । चार देखि पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मुलाको मूल्य रु १५ पुगेको छ । त्यस्तै, दसैँ अघि प्रतिकिलो रु २५ का दरले बिक्री भएको काउलीको मूल्य रु ४० पुगेको छ । तेह्रथुम, संखुवासभा र धनकुटाका किसानले बारीमा लगाएको बे...
दूध बिक्री गरी चार करोड आम्दानी

दूध बिक्री गरी चार करोड आम्दानी

पाल्पा, २५ असोज । डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैँसीपालनतर्फ आकर्षित हुँदै गएका छन् । मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैँसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् । उक्त क्षेत्रबाट वार्षिक नौ लाख लिटर दूध उत्पादन भई जिल्लाबाहिर बिक्रीका लागि पठाउने गरिएको छ । सो क्षेत्रका किसानले आव २०७३÷७४ मा र...
कोरियाबाट रेमिट्यान्स कम्पनीले नै नेपालमा पैसा पठाउन थाले, हुण्डी घट्ने अपेक्षा

कोरियाबाट रेमिट्यान्स कम्पनीले नै नेपालमा पैसा पठाउन थाले, हुण्डी घट्ने अपेक्षा

काठमाडौं, २५ असोज । कोरियाबाट नेपालमा रेमिट्यान्स कम्पनीमार्फत पैसा आउन थालेको छ । बैंकमार्फत मात्रैै रकम पठाउनसक्ने नीति परिमार्जन गर्दै कोरियाले रेमिट्यान्स कम्पनीलाई पनि कारोबारमा भित्र्याएको छ । दक्षिण कोरियाली सरकारले साना मनी ट्रान्सफर कम्पनीलाई पनि रकम पठाउने अनुमति दिएपछि त्यसको लाभ नेपालीले पनि उठाउन सुरु गरेका छन् । मनी ट्रान्सफरबाटै रकम पठाउन सकिने भएपछि कोरियाका कार्यारत नेपालीलाई ...
पुष्प प्रदर्शनी शुक्रबारदेखि जावलाखेलमा

पुष्प प्रदर्शनी शुक्रबारदेखि जावलाखेलमा

काठमाडौ, २५ असोज । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा दीपावलीको अवसरमा ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ । यही असोज २६ गतेदेखि २९ गतेसम्म जावलाखेलको खेल मैदानमा सञ्चालन हुने मेलामा पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा तथा पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा अन्तक्र्रिया समेत हुनेछ । यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्...
अग्र्यानिक अकबरे बन्दैछ, तेह्रथुम छथरको कोसेली

अग्र्यानिक अकबरे बन्दैछ, तेह्रथुम छथरको कोसेली

तेह्रथुम,२४ असोज । छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ । यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन् । कृषकले व्यावसायिक रुपमा अकबरेखेती गर्न थालेपछि स्थानीयस्तरमै यसका विभिन्न परिकारसमेत तयार भइरहेका छन् । केहीवर्ष अघिसम्म आफ्नै लागि किनेर खुर्सानी प्रयोग गर्ने किसानले अहिले व्यावस...
अब कोरियाबाट नेपालमा रकम पठाउन सहज

अब कोरियाबाट नेपालमा रकम पठाउन सहज

असोज,२४ असोज । दक्षिण कोरिया सरकारले साना मनि ट्रान्सफर कम्पनीलाई पनि रकम पठाउने अनुमति दिएको छ । साना कम्पनीलाई पनि रकम पठाउन अनुमति दिएसँगै अब कोरियाबाट रकम पठाउन सहज हुने प्रवासी मजदुर संगठन (एमटियु) का प्रचारप्रसार विभाग प्रमुख मधुसुदन ओझाले बताउनुभयो । यसअघि बैंकहरुलाई मात्रै रकम ट्रान्सफर गर्ने अनुमती थियो । अनुमती पाएसँगै ग्लोबल मनि एक्सप्रेस (जिएमई) ले मंगलबार बाटै सेवा सुरु गरेको छ । अ...
सुनको भाउ बढयो

सुनको भाउ बढयो

काठमाडौं,२३ असोज । आज पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुन प्रतितोला २ सय रुपैयाँ बढेको छ भने चाँदी पाँच रुपैया बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सात सय ६० रुपैयाँ थियो ।
सुन आयात ५० प्रतिशतले बढ्यो

सुन आयात ५० प्रतिशतले बढ्यो

काठमाडौं,२३ असोज । सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकबाट सुन आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलोे सुन आयात गरेका छन् । यो अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा बढी हो । गत वर्ष यही अवधिमा एक हजार किलो सुन आयात भएको थियो । सरकारले सुन आयात गर्न २० वाणिज्य बैंकलाई अनुमति दिएको छ । सरकारले पहिले वैदेशिक रोजग...
तेह्रथुमसहित उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी पाँचऔंले अवैध चोरी निकासीले लोप हुँदै

तेह्रथुमसहित उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी पाँचऔंले अवैध चोरी निकासीले लोप हुँदै

तेह्रथुम,२३ असोज । तेह्रथुमसहित उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी पाँचऔंले लोप हुँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा यसकोे मूल्य अकासिएपछि अवैध चोरी निकासी बढेकाले यो वनस्पति लोप हुँदै गएको हो।  कोशी पहाडका तेह्रथुम र संखुवासभा, मेची पहाडका ताप्लेजुङ र पाँचथरका उच्च क्षेत्रमा पाइने पाँचऔंलेको मूल्य अकासिएकाले समय अगावै टिप्न थालेपछि जंगलमा बीउ समेत मासिन थालेको तीनजुरे हात्तीसार सामुदायिक ...
सिधुवामा नेपाल बङ्गलादेश बैंकको शाखा उद्घाटन (फोटो फिचरसहित)

सिधुवामा नेपाल बङ्गलादेश बैंकको शाखा उद्घाटन (फोटो फिचरसहित)

सिधुवा, ४ असोज । धनकुटाको सिधुवा बजारमा नेपाल बङ्गलादेश बैंकको शाखा उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले बुधबार शाखाको उद्घाटन गरेका हुन । नेपाल बङ्गलादेश बैंकले ५० औं शाखाको रुपमा छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा शाखा विस्तार गरेको हो । शाखा उद्घाटन कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले ग्राहकको सेवालाई ध्यानमा राखि सेवामुखी भावले क...
सुनकाे भाउ घटयाे

सुनकाे भाउ घटयाे

काठमाडौं, २ असोज ।आज पनि बजारमा सुनको मूल्य तोलामा थप दुई सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ७५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विश्व बैंकले घटायो नेपालकाे आर्थिक वृद्धिको प्रक्षेपण, आगामी दुई वर्ष वृद्धिदर ४.५ मा सिमित

विश्व बैंकले घटायो नेपालकाे आर्थिक वृद्धिको प्रक्षेपण, आगामी दुई वर्ष वृद्धिदर ४.५ मा सिमित

काठमाडौं , १ अशोज । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर आगामी दुई आर्थिक वर्ष औसतमा ४.५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । ‘हुनतः गत वर्ष राजस्व संकलनमा रेकर्ड ब्रेक भयो, सरकारी खर्च क्षमता पनि बढेको देखियो तर नेपालले तीन वर्षको अन्तरालमा तीन वटा ठुला सक (धक्का) व्यहोर्यो यसले पनि आर्थिक लक्ष्यमा प्रभाव पार्ने देखिएको छ,’ विश्व बैंक नेपालका अर्थविद सुद्युम्न दाहालले भने । भूकम्प, तराई सी...
चार वर्षमा बजार मूल्य आधा बढी

चार वर्षमा बजार मूल्य आधा बढी

काठमाडौं , १ अशोज । चार वर्षअघि कालिमाटी तरकारी बजारमा लोकल काउलीको औसत थोक मूल्य ५० रुपैयाँ प्रतिकिलो थियो । अहिले यो मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेर ७८ रुपैयाँ पुगेको छ । त्यस्तै, चार वर्षअघि दसैंताका प्रतिकिलो २० रुपैयाँ रहेको सेतो आलुको थोक मूल्य पनि अहिले त्यही अनुपातमा बढेर प्रतिकिलो २९ रुपैयाँ पुगेको छ। २०७० भदौमा काठमाडौंमा मुसुरोको दालको मूल्य प्रतिकिलो एक सय सात रुपैयाँ थियो । चार ...
मनाङमा स्याउ टिप्न शुरु

मनाङमा स्याउ टिप्न शुरु

पोखरा , १ अशोज ।स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार बताउनुभयो । जिल्लामा गत वर्ष ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउ बिक्रीबाट ...
तरलता अधिक भएपछि मुद्दति निक्षेपको व्याजदर घटाउँदै बैंकहरु

तरलता अधिक भएपछि मुद्दति निक्षेपको व्याजदर घटाउँदै बैंकहरु

काठमाडौं, १ अशोज । तरलता अधिक भएपछि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर घटाउन थालेका छन् । १ असोजदेखि लागू हुनेगरी आठ वटा वाणिज्य बैंकले व्याजदरमा कमि ल्याएका हुन् । अहिले बैंकिङ प्रणालीमा ७० अर्ब रुपैयाँभन्दा बढी पूँजी जम्मा भएको छ, जुन अधिक तरलता हो । यसैका कारण व्याजदर घटाउने दबाबमा परेका हुन्, वाणिज्य बैंकहरु । सरकारले विकास निर्माणका लागि आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ...
पाँच वर्षमा ३६ अर्ब लगानी गर्दै जलविद्युत् लगानी कम्पनी

पाँच वर्षमा ३६ अर्ब लगानी गर्दै जलविद्युत् लगानी कम्पनी

काठमाडौ , ३१ भदौ ।  बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ। कम्पनीले आगामी पाँच वर्ष रु ३६ अर्ब आक्रमक रुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्यसमेत प्रक्षेपण गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज प...
सहारा एकेडेमीको अक्षयकोषमा एक करोड २० लाख संकलन

सहारा एकेडेमीको अक्षयकोषमा एक करोड २० लाख संकलन

पोखरा। सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ । अनाथ, असहाय र कठीन अवस्थामा रहेका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा र सक्षम राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको हो । सो एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालबालिक बस्दै आएका छन् । डेढ वर्षभित्रमा सो अक्षयकोषमा रु ।दुई करोड बढी पु¥याउने...
झापाका किसान कागतीखेतीतर्फ आकर्षित

झापाका किसान कागतीखेतीतर्फ आकर्षित

झापा। मनग्य आम्दानी हुन थालेपछि दक्षिणी झापाका किसान कागतीखेतीतर्फ आकर्षित भएका छन् । धान वा अन्य खेती गर्नुभन्दा कागतीखेती गर्न सहज र आम्दानीका हिसाबले अब्बल भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । एउटा कागतीको बोटमा ५०० देखि दुई हजार दानासम्म फल्छ । गौरादह नगरपालिका–१ का किसान खुमनाथ निरौला दुई बिगाहा धानखेत मासेर कागतीखेती शुरु गरेको बताउनुहुन्छ । राम्रोसँग हेरचाह गर्दा एउटा कागतीको बोटबाट ...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं । बजारमा हिजो (विहीबार) मात्रै तीन सयले घटेको सुनको मूल्य आज फेरि तीन सय बढेर सोही ठाउँमा पुगेको छ । आज सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँ पुगेको छ । विहीबार भने सुन ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर सात सय ८५ रुपैयाँ कायम भएको छ । विहीबार चाँदी सात सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एक करोड लिटर दूध संकलन

एक करोड लिटर दूध संकलन

विराटनगर। दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ । व्यवसायमुखीभन्दा बढी सेवामुखीका रुपमा सञ्चालित सो संस्थानले सर्वसाधारणबीच दूध बिक्री गर्...
युवा समूहलाई १० लाख निर्व्याजी ऋण

युवा समूहलाई १० लाख निर्व्याजी ऋण

बैतडी । जिल्ला युवा समितिले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत दुईवटा युवा समूहलाई रु १० लाख बिना धितो निर्व्याजी ऋण सहयोग गर्ने भएको छ । समितिले जिल्लाका दुईवटा निर्वाचन क्षेत्रका एक–एकवटा समूहलाई रु पाँच÷पाँच लाखका दरले बिना धितो ऋण सहयोग गर्न लागेको हो । जिल्ला युवा समितिका अध्यक्ष सन्तोषप्रकाश जोशीका अनुसार ऋण सहयोग प्राप्त गर्ने युवा उद्यम समूहमा क्षेत्र नं एकबाट लालीगुराँस बाख्रापालन सम...
सुन भाउ घट्यो

सुन भाउ घट्यो

काठमाडौं।  नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ कम भएको छ । अघिले दिन तोलामा २ सय रुपैयाँ बढेको सुन आज भने ३ सय रुपैयाँ कम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको भाउ तोलाको ५६ हजार ८ सय रुपैयाँ छ । यस्तै, तेजावी सुनको भाउ ५६ हजार ५ सय रुपैयाँ छ । अघिल्लो दिन छापावाल सुनको भाउ तोलाको ५७ हजार एक सय रुपैयाँ थियो । आज बजारमा चाँदी भाउ पनि तोलामा ५ रुपैयाँ ...
सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

दाङ।  दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रु पाँच हजार दिने भएको छ । मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गतेदेखि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुनेछ । गर्भवती भएदेखि स...
शिक्षक गौतमले गरे क्यान्सर पीडितलाई सहयोग

शिक्षक गौतमले गरे क्यान्सर पीडितलाई सहयोग

भद्रपुर। क्यान्सर रोग पीडित झापा हल्दीबारी–३ चिया बगान निवासी धनसरी राजवंशीलाई हल्दीबारी गाउँपालिका–४ जलथल बस्ने सिग्मा इंलिस स्कुल, हल्दीबारीका शिक्षक गोपाल गौतमले आर्थिक सहयोग प्रदान गरेका छन् । विगत एक वर्षदेखि पाठेघरको क्यान्सर पीडित चिया मजदुर राजवंशीलाई गौतमकै नेतृत्वमा विर्तामोडस्थित बाल्मिकी एजुकेशन, क्योनरी एकाडेमी र सिग्मा स्कुलका विद्यार्थी भाइबैनीद्वारा संकलित रु १५ हजार २६० नगद सहयोग...
बस व्यवसायी संघले गर्यो मृतकका परिवारलाई दुई लाख सहयोग

बस व्यवसायी संघले गर्यो मृतकका परिवारलाई दुई लाख सहयोग

पाल्पा ।  रामपुर नगरपालिका–५ बेझाड बस्ने स्व ज्योतीप्रकाश अधिकारीको परिवारलाई रु दुई लाख सहयोग प्राप्त भएको छ । पश्चिम नेपाल बस व्यवसायी संघ, बुटवल, रुपन्देहीले अधिकारीको परिवारलाई काजकिरिया खर्चबापतको सो रकम सहयोग गरेको हो । संघमा आबद्ध रहेका स्व अधिकारीकी श्रीमती केशरी अधिकारीलाई पश्चिम नेपाल बस व्यवसायी संघका सहसचिव मोहन पिएस, सदस्य जुलेस थापा सारु, रामचन्द्र खड्का, रामपुर शाखा प्रमुख शिव ढका...
error: Content is protected !!