तेह्रथुम,२३ असोज । तेह्रथुमसहित उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी पाँचऔंले लोप हुँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा यसकोे मूल्य अकासिएपछि अवैध चोरी निकासी बढेकाले यो वनस्पति लोप हुँदै गएको हो।

 कोशी पहाडका तेह्रथुम र संखुवासभा, मेची पहाडका ताप्लेजुङ र पाँचथरका उच्च क्षेत्रमा पाइने पाँचऔंलेको मूल्य अकासिएकाले समय अगावै टिप्न थालेपछि जंगलमा बीउ समेत मासिन थालेको तीनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताए।

जंगलमा पाइने पाँचऔंले चोरी निकासी भएर ताप्लेजुङ र संखुवासभाको माथिल्लो क्षेत्रको नाका हुँदै चीन र तिब्बततर्फ समेत पुग्ने गरेको छ।

लहरा प्रजातिको वनस्पति पाँचऔंले जेठ, असार महिनामा फूल्छ भने यसको फल असोज महिनामा टिप्नुपर्छ। खासगरी मधुमेह, वीर्यमा शुक्राणुको कमी, आउँ, खोकी, ज्वरो, पिसाबसम्बन्धी समस्या, पक्षघात, क्षयरोग, नशा सम्बन्धी रोग निवारणका लागि यो जडिबुटीकोे प्रयोग गरिन्छ।

जडीबुटीकै राजा मानिने पाँचऔंले जिल्लाको तीनजुरे, चित्रे, लसुने, देउराली, जुरेलगायतका लेकको जंगलमा पाइन्छ।रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!