संगालोखबर संवाददाता

बागलुङ, १२ कात्तिक । बागलुङको गलकोटमा रहेको जनजागृति माध्यामिक विद्यालय स्तरोन्नतीका लागि जापानमा बसोबास गर्दै आएका गलकोटेहरुले २२ लाख रुपैयाँ सहयोग गरेका छन् ।

Advertisement

विद्यालयको हिरक महोत्सव सफल पार्न र विद्यालयको थप उन्नति र प्रगतिका निम्ति जापानमा रहेका स्थानीयहरुबाट २२ लाख भन्दा बढी आर्थिक सहयोग संकलन भएको विद्यालयका प्रधानध्यापक तेजेन्द्र बुढाथोकीले जानकारी दिए ।

वि.सं २०१४ सालमा स्थापना भएको विद्यालयले ६० वर्ष प्रवेश गरेको अवसरमा आगामी माघ १० गतेदेखि १४ गतेसम्म हिरक महोत्सव मनाउने तयारी भइरहेकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदिलाल सापकोटाले बताए ।

यस क्षेत्रका झण्डै १ दर्जन भन्दा बढी विद्यालयका पूर्व विद्यार्थीहरु हाल जापानको विभिन्न ठाँउहरुमा रोजगारीको शिलशिलामा कार्यरत रहेका छन । गत भदौ २० गते विद्यालय व्यवस्थापन समितिको बैठकले आगामी माघमा विद्यालयको हिरक महोत्सव मनाउने निर्णय गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement