लमजुङ, १६ कात्तिक । लमजुङमा अनुमानित १७ किलो सुन समातिएको छ । बोकेर ल्याउँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

प्रहरीले मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट ती युवकलाई सुनसहित पक्राउ गरेको हो । मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेका युवकले सुनलाई झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार आनाकानी गरी मोटरसाइकलमा आउँदै गरेका ती युवक प्रहरीले चेकिङका क्रममा रोकेपछि भागेका थिए । प्रहरीले ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो ।

डीएसपी पदमबहादुर विष्टले १७ थान सुन समातिएको बताए । ‘हेर्दा सुन हो । ती युवकले पनि सुन नै भनेका छन् । यसको तौल के कति हुन्छ जोख्नु पर्छ । सामान्यतय एक थानमा एक किलो हुने गरेको छ,’ उनले भने । प्रहरीले विस्तृत विवरण बताएको छैन ।

उनका अनुसार मनाङको नासोङ गाउँपालिका-९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ भन्ने युवकलाई पक्राउ गरिएको छ । उनले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नं. को मोटरसाइकल समेत समातिएको डिएसपी विष्टले बताए । खुदीमा सुनसहित युवक समातिएपछि उनी खुदी गएका छन् ।

खुदी सदरमुकाम बेंसीसहरबाट करीब ७ किलोमीटर उत्तरतर्फ मनाङ जाने बाटोमा पर्छ । सुनलाई तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!