संगालोखबर संवाददाता

धनकुटा, ११ कात्तिक । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा शनिवार अपरान्ह परेको भीषण असिनापानीले सयौं रोपनी क्षेत्रफलमा लगाईएको पाक्न लागेको धानबाली नष्ट गरेको छ ।

Advertisement

महालक्ष्मी नगरपालिका–२ स्थित छ्यालुङ्, लावेक, पुवारगाउ‘, नेवारगाउ‘ लगायत क्षेत्रमा लगाइएको धानबाली असिनाले नष्ट गरेको स्थानीय डम्बर कटुवालले संगालोखबरलाई जानकारी दिएका छन ।

उनका अनुसार करिब आधा घण्टा असिनासहितको पानी परेपछि धान बालि नष्ट भएको हो । असिनाले त्यस क्षेत्रका ४ सय रोपनी क्षेत्रफलमा लगाईएको धानबालीमा नोक्सान पुर्याएको स्थानीय कृषक शोभित कटुवालले बताएका छन ।

असिनाले बालिमा क्षति पुर्याएपछि कृषकहरुले कृषि विकास कार्यालय र स्थानीय प्रशासनलाई जानकारी गराएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement