काठमाडौँ, १७ कात्तिक । नेपाल सरकारले जग्गा उपभोग गरे वापतको झण्डै ३२ अर्ब रुपैयाँ नतिरेपछि मुुलुकभरका गुठी संस्थान धरासायी बनेका छन् ।

Advertisement

गुठी संस्थानका जग्गा उपयोग गर्नुका साथै तिनमा विभिन्न संघ संस्थाका भवन निर्माण गरेपनि सरकारले कुनै तिरो भरण नगरेका कारण गुठी संस्थान संचालनमा बाधा पग्नुका साथै संस्थान नै धरासायी बनेको हो ।

आफ्नो जग्गा तथा भवन प्रयोग गरेवापतको रकम नपाएपछि देवस्थलका महन्त, पूजारी, कर्मचारी तथा कामदारको तलबभत्ता दिन समेत नसक्ने अवस्थामा संस्थान पुगेको छ ।

शुक्रबार राजधानीमा आयोजित गुठी संस्थानको ५४ बार्षिकोत्सव समारोहमा संस्थानका कार्यकारी प्रमुख नारायण चौधरीले काठमाडौसहित जनकपुर, कालिगण्डकी जलविद्युत् परियोजना लगायतका स्थानमा गरेर सरकारले संस्थानलाई ३२ अर्ब बढी मुआब्जा, क्षतिपुर्ति उपलब्ध नगराएको गुनासो गरे । उनले ती जग्गाको मुआब्जा, क्षतिपूर्ति, बहाल, भूबहाल गुठीले नपाउँदा गुठी संञ्चालनमा समेत समस्या भएको बताए ।

आर्थिक बर्ष २०७३/७४ मा संस्थानले ३३ करोड रुपैयाँ आम्दानी गरेको छ । यो रकम मालपोत, कुतबाली, निवेदन दस्तुर, लगानीको व्याज, दण्डजरिवाना, घरदस्तुर, वहाल, ठेक्का पट्टा, बगैचा पोखरीको एकशाला र बक्यौतावाट प्राप्त भएको हो ।

सरकारले गुठी संस्थान संचालनका लागि दिदै आएको प्रशासनिक खर्च २०४९/५० देखि कटौती गरेपछि  संस्थानलाई आफ्नै आम्दानीबाट प्रशासनिक खर्च गर्नुपर्ने बाध्यता छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!