- दिवेश खड्का/संगालोखबर

सिधुवा, ४ असोज । धनकुटाको सिधुवा बजारमा नेपाल बङ्गलादेश बैंकको शाखा उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले बुधबार शाखाको उद्घाटन गरेका हुन ।

नेपाल बङ्गलादेश बैंकले ५० औं शाखाको रुपमा छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा शाखा विस्तार गरेको हो । शाखा उद्घाटन कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले ग्राहकको सेवालाई ध्यानमा राखि सेवामुखी भावले काम गर्न सुझाव दिएका छन ।

Advertisement
नेपाल बङ्गलादेश बैंकको शाखा उद्घाटन गरिदै । तस्वीर: दिवेश खड्का/संगालोखबर

कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु, उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष उमेश घिमिरे, छथर जोरपाटी–६ का वडाध्यक्ष दिलबहादुर थापा लगायतले बैंकलाई सफलताको शुभकामना दिएका छन ।

कार्यक्रममा नेपाल बङ्गलादेश बैंकका सिइओ ज्ञानेन्द्र ढुंगाना र सिधुवा शाखा प्रमुख टंकप्रसाद लिम्बुले नाफामुखी मात्र नभई सेवामुखी भावले बैंकले सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएका छन ।

यसैवीच बुधबारनै नेपाल बङ्गलादेश बैंकको एटीएम सेवा पनि उद्घाटन गरिएको छ । छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले एटीएमको उद्घाटन गरेका हुन ।

शाखा उद्घाटन कार्यक्रमको तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!