संगालोखबर सम्वाददाता

धनकुटा, ११ कात्तिक । उद्योगमन्त्री सुनिलबहादुर थापाले आयात कम गरी निर्यात बनाउँनका लागि कृषिमा आधारित उद्योगहरुलाई प्रोत्साहन गरिने बताएका छन ।

गृह जिल्ला धनकुटा आइपुगेका मन्त्री थापाले आज रिपोर्टस क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै निर्यात योग्य बस्तुको प्रवद्र्धनमा सरकार लागि परेको बताएका हुन ।

Advertisement

ब्यापार घाटा बर्षेनी बढ्दै गएर मुलुकको अर्थतन्त्र कमजोर भएको प्रति चिन्ता ब्यक्त गर्दै मन्त्री थापाले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको विकासमा आफुले नयाँ कार्यक्रम ल्याउँने तयारी गरिरहेको बताए ।

नेपालमा निर्मित ढाका कपडा, अल्लो, गलैंचा जस्ता घरेलु उत्पादनको बिक्रिले ग्रामिण क्षेत्रको अर्थतन्त्रको विकासमा मद्धत पुग्ने भएकाले त्यस्ता उद्योगलाई सरकारले प्राथमिकतामा राखेर कार्यक्रम ल्याउँने उनको भनाई छ ।

फरक प्रसंगमा मन्त्री थापाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन तोकिएको समयमै हुँने दावी गरेका छन । कसैको स्वार्थ र बहानामा चुनाव नसर्ने भएकाले तोकिएको समयमै चुनाव हुँने उनले बताए ।

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउन आफू प्रतिवद्ध रहेकोसमेत मन्त्री थापाले उल्लेख गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!