संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाका पत्रकार सिद्धराज राई राष्ट्रिय समाचार समितिको महाप्रवन्धक नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले सरकारी समाचार एजेन्सी राससको महाप्रवन्धकमा पत्रकार राईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

धनकुटाको सहिदभूमि घर भएका राई विगत २३ बर्ष अघिदेखि पत्रकारिता पेशामा सक्रिय छन् । धनकुटाबाट २०५५ सालदेखि पत्रकारिता थालेका राई चार बर्ष अघिबाट काठमाडौंलाई कार्यक्षेत्र बनाई काम गर्दै आएका छन् ।

धनकुटामा हुँदा नेपाल समाचारपत्र, नागरिक दैनिक, रेडियो मकालु लगायत मिडियामा काम गरेका राई अहिले काठमाडौंमा देखापढी अनलाईनमा कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्यसमेत हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!