रासस

चौतारा। काठमाडौँबाट दोलखातर्फ गइरहेको बा३ख ५०५६ नंको यात्रु बस आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् ।

Advertisement

दुर्घटनामा दोलखा जिल्ला लामीडाँडा–४ निवासी ७० वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती ६५ वर्षीया रत्नकुमारी घिमिरेको घटनास्थलमा मृत्यु भएको जिप्रका, सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाअन्तर्गत खाडीचौरको तीनकिलो भन्ने स्थानमा अपराह्न बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको र चालक फरार रहेको प्रहरीले बताएको छ ।

घाइतेको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ भने नौजनालाई राजधानी पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!