- रासस

रत्ननगर (चितवन) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै क्षेत्रमा एमालेको नेतृत्व भयो भने मात्रै देश समृद्ध बन्ने बताउनुभएको छ ।

एमाले भरतपुर महानगर कमिटीको आयोजनामा आज नारायणगढमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले राष्ट्रिय एकताका पक्षमा र राष्ट्रिय पहरेदारका रुपमा रहेको उहाँले प्रस्ट गर्नुभयो ।

चुनावमा सरकार धाँधली गर्न उद्दत रहेको आरोप लगाउँदै उहाँले प्रजातान्त्रिक मूल्यमान्यता विपरीत धाँधलीका काम भैरहेको जिकिर गर्नुभयो । “जेठ १५ गते बजेट आउने, जेठ १५ भन्दापछि चुनाव गर्नुपर्ने, चुनावी बजेट सस्तो लोकप्रिय बजेट जारी गर्ने, अनि चुनाव गर्ने, यो धाँधली हो कि होइन ?” नेता ओलीले प्रश्न गर्नुभयो ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवनको भरतपुरमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै ।

पूर्वप्रधानमन्त्री ओलीले आफूहरुले चुनावमा निष्पक्षता चाहेको बताउँदै प्रशासन र अदालतलाई आतङ्कमुनि राख्ने प्रयास भइरहेको भनी सरकारको आलोचना गर्नुभयो । अध्यक्ष ओलीले ठाउँ ठाउँमा एमालेका कार्यकर्तामाथि हमला भैरहेको बताउँदै दुःख व्यक्त गर्नुभयो ।

विभिन्न ठाउँमा विभिन्न व्यक्ति मरिरहेको घटना भए पनि न्याय दिन्छु भन्न नसक्नेलाई काँग्रेसले बोकेको उहाँको आरोप थियो । कार्यक्रम सुरु हुनुअघि भरतपुरको चौबिसकोठीबाट एमाले कार्यकर्ताहरुले बाजागाजासहित पदयात्रा निकालेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!