भीमदत्तनगर, २६ कात्तिक । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

Advertisement

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले जानकारी दिए ।

उहाँले घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताए । “पाँचजनालाई उपचारका लागि एउटा बसमा अत्तरियास्थित पद्मा अस्पतालतर्फ पठाएका छौँ ।” उनले भने, “गम्भीर घाइतेलाई अस्पतालसम्म लैजान एम्बुलेन्स घटनास्थल आइपुग्दैछन् ।” दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!