काठमाण्डौ, २६ कात्तिक । साताको पहिलो दिन आज सुनको भाउ आज घटेको छ । शुक्रबार काठमान्डाैंमा प्रतितोला ५६ हजारमा १ सयमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चादीँको मुल्य पनि घटेको छ आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
पूर्वका झापा, माेरड, सुनसरीमा भने अाज सुन प्रतितोला ५६ हजार ४ सय र चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।