एजेन्सी, २५ कात्तिक । भारतको राजधानी नयाँ दिल्ली पछिल्लो केही दिन देखि देखिएको अत्यधिक वातावरण प्रदुषणको चपेटमा परेको छ। बाक्लो तुवालो र प्रदुषणका कारण केही दिनदेखि त्यहाँका समान्य जीवन नै प्रभावित हुन पुगेको छ। त्यहाँका स्कुलहरु नराम्रोसँग बन्द गरिएका छन्।

वातावरण सम्बन्धि अध्यन गर्ने संस्था ‘विकर्ली अर्थ’का अनुसार नयाँ दिल्लीमा श्वास फेर्नु दिनमा २५ खिल्ली चुरोट खाए बराबर भएको जनाएको छ। प्रदुषण नियन्त्रण प्रयासस्वरुप दिल्लीमा विभिन्न कामहरु भैरहेका छन्।

आगामी सोमबारदेखि पाँचदिनका लागि ‘जोर विजोर’ नियम अनुसार यातायातका साधन चलाउने भएको छ। यो नियम महिलाले चलाउने गाडी तथा दुई पाङ्ग्रे यातायातका सवारी साधनमा भने लागू नगरिने बताइएको छ।

दिल्लीका यातायात मन्त्री कैलास गाहलटका अनुसार जोर विजोर नियम लागू भएपछि भारतीय राजधानी नयाँ दिल्लीमा विहान ८ बजेदेखि वेलुका ८ वजेसम्म एक दिन जोर नम्बर प्लेट भएका गाडी र अर्को दिन विजोर नम्बर प्लेट भएका गाडी गुड्नेछन्।

दिल्ली सरकारले दिल्ली यातायात कर्पोरेसनलाई पाँचसय बसलाई भाडामा लिएर जोर विजोर नियम लागू भएको समयमा राजधानीको आवतजावतमा सहज सुविधा प्रदान गर्न पनि आग्रह गरेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!