यू–१९ एसिया कप अन्तर्गतको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएको छ।

Advertisement

वर्षाले प्रभावित खेलमा ४० ओभरमा १ सय ८१ रनको लक्ष्य पाएको बंगलादेशले ८ विकेटको क्षतिमा अन्तिम बल बाँकी रहँदा लक्ष्य भेटायो।

बंगलादेशका लागि मोहम्मद नमिन सेखले ५२ रन जोडे। त्यस्तै होसन दुब्रोले ३३ तथा पिनक घोषले २४ रन बनाए।

नेपालको लागि सन्दीप लामिछाने र कमल सिंह ऐरीले समान २ विकेट लिए भने अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी र किशोर महतोले समान १ विकेट हात पारे।

त्यसअघि ४०.१ ओभरमा नेपालले ६ विकेट गुमाएर १६७ रन बनाएको स्थितीमा वर्षाले खेल रोकिएको थियो।

नेपालका लागि भीम सार्कीले सर्बाधिक ४४ रन जोडे। ४० बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे। यस्तै रोहित कुमार पौडेलले ४० तथा ओपनर आसिफ शेखले ३० रन जोडे। अनिल कुमार शाहले १९ रन बनाए।

७० रन बनाउदा ४ विकेट गुमाएको नेपालका लागि भिम र रोहितले पाँचौ विकेटका लागि ८० बलमा ७९ रनको साझेदारी गर्दै नेपाली पारी उकासेका थिए।

बंगलादेशका लागि नयिम हसनले ३ विकेट लिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!