दमौली बजारको केन्द्रमा चार तलाको घर छ । त्यही घरको छतमा शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रचारमा निस्कने हतारोमा थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार ताप्लेजुङको चुनावी सभामा जान पौडेललाई आग्रह गरेका थिए ।

Advertisement

तर, आफ्नो क्षेत्रको कार्यक्रम छुटाउन सक्दिनँ भन्दै उनले देउवाको अनुरोध अस्वीकार गरे । र, व्यास नगरपालिकामा मत माग्न हिँडे ।

पौडेलमाथि मुलुकभर कांग्रेसलाई जिताउने जिम्मेवारी पनि छ । तर, आफ्नै निर्वाचन क्षेत्रमा थपिएको चुनौतीले उनलाई गाँजेको छ । एकातिर वामपन्थी गठबन्धन, अर्कोतर्फ आफ्नै दलका नेता गोविन्दराज जोशी पक्षको असहयोग ।

त्यसमाथि ‘पटकपटक एउटै व्यक्ति उम्मेदवार किन ?’ भन्ने प्रश्न पनि झेल्नुपरेको छ । पाँचपटक तनहुँबाट सांसद भइसकेका पौडेल यी चुनौतीका बीच छैटांैपल्ट किन उम्मेदवार बनेका छन् त ? प्रश्नको जवाफ उनले घुमाउरो शैलीमा दिए । जवाफभित्र उनको स्पष्ट संकेत थियो– प्रधानमन्त्री बन्ने चाहना ।

‘मेरो केही मिसन छ, त्यो पूरा भएको छैन,’ उनले कान्तिपुरसंँग भने, ‘प्रधानमन्त्री मैले आफंै भन्ने कुरा होइन, तर मेरा केही भिजन छन्, आर्थिक योजना छन्, त्यसलाई कार्यान्वयन गर्न मैले पाउनुपर्छ भन्ने मेरो दाबी छ ।’ यो खबर आजको कान्तिपुरमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!