कालिकोट, २५ कात्तिक । फरक पार्टीमा आस्था राखेको भन्दै मुगुको कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँका ३१ वर्षीय निमा तामाङले श्रीमतीलाई घर निकाला गरेका छन्।

तामाङकी २६ वर्षीया श्रीमती कर्मा छुइकित तामाङ नेकपा एमालेकी गाउँस्तरकी कार्यकर्ता हुन्। तामाङले चुनावमा कांग्रेसलाई सहयोग नगरेको भन्दै श्रीमती निमालाई नाबालक छोरा–छोरीसहित श्रीमतीलाई घर निकाला गरेका हुन्। निमाकी आमा स्थानीय चुनावमा एमालेको तर्फबाट वडा सदस्यमा विजयी भएकी थिइन्।

उनले श्रीमतीले आमाले भनेको मान्दै एमालेलाई चुनावमा सहयोग गरेको भन्दै घर निकाला गरेको स्थानीय बताउँछन्। अहिले कर्मा छोराछोरीसहित छिमेकी घरमा बस्दै आएकी छन्।

पछिल्लो पटक निमाले कात्तिक १२ श्रीमती कर्मालाई कुटपिट गरेका स्थानीय सोनाम तामाङले बताए। ‘चुनावले नेताहरुबीच मात्रै झगडा गरेको छैन, घरघरमा पनि झगडा भएको छ’ उनले भने, ‘फरक फरक पार्टीप्रतिको आस्थाकै कारण श्रीमान र श्रीमतीबीच झगडा कुटाकुट र घर निकालासम्म पुगेको छ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!