काठमाडौँ, २५ कात्तिक । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवसँग स्पष्टिकरण माग गरेकाे छ ।

 सरकारी सवारी साधनको दुरूपयोग गरी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा प्रमुख अतिथिका रूपमा सहभागी भएकाे भन्दै उनसँग अायाेगले  २४ घण्टे स्पष्टीकरण माग गरेको गरेकाे हाे  ।

आज  एक दैनिक पत्रिकामा प्रकाशित ‘विद्यालयमै सभा र मन्त्रीकै उपस्थितिमा आचारसंहिता विपरित सभा’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा सरकारी सवारी साधनको दुरूपयोग गरी सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा प्रमुख अतिथिको रूपमा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत तपाइँलाई कारवाही किन नहुनु पर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!