बेनी बजार संरक्षण आयोजनाको काम शुरु
बाबियाचौर, म्याग्दी, १४ मंसिर । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि रु ११ करोडको लागतमा आयोजना शुरु भएको छ ।
जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय बागलुङले कालीगण्डकीको दायाँ र म्याग्दीको बायाँ किनारमा आरसिसी र मेसिनरी पर्खाल निर्माणको काम शुरु गरेको हो ।
चालु आव २०७४७५ मा नदी कटान निय...

























