उत्तरी पर्वतको लोप्रेमा खानेपानीको हाहाकार
फलेवास, पर्वत, १२ मंसिर । यहाँको एक गाउँमा खानेपानीको हाहाकार भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकास्थित साविक लेखफाँट गाविसस्थित वडा नं ७ लोप्रे गाउँमा खानेपानीको हाहाकार मच्चिएको हो ।
नजिकमा पानीको भरपर्दो स्रोत नहुँदा वर्षौंदेखि स्थानीयवासीले खानेपानीमा समस्या खेप्दै आएका छन् । लोप्रेका ६६ घरधुरी खानेपानीको सुविधाबाट वञ्चित बनेका छन् ।
वर्षायाममा गाउँ वरिपरि मूल उठ्ने भएकाले समस्या नभए प...




















