दाङ, १३ मंसिर। दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ ।

विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारकाे क्रममा आज बिहान साढे २ बजे ज्यान गएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

Advertisement

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको क्रममा मृत्यु भएको यो पहिलो घटना हो ।

गम्भीर घाइते भएका अन्य तीन जनाको पनि कोहलपुर मेडिकल कलेजमै उपचार भइरहेको छ । अरु पाँच जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा म्यादी प्रहरी देबी डिसी, सुनिता चौधरी, नरदेवी बुढाथोकी, बमराज सुनार, नेवबहादुर केसी, पार्वती केसी र हिमलाल रसाइली छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित चुनावी सभामा पुग्दै गर्दा करिब २ सय मिटर टाढा मंगलबार दिउँसो बम बिष्फोट भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!