प्योङयाङ, १३ मंसिर । उत्तर कोरियाले अमेरिकी महादेशसम्म पुग्नसक्ने नयाँ अन्तरमहादेशीय बालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण गरेको दाबी गरेको छ ।

Advertisement

सरकारी टेलिभिजनमा प्रशासित समाचारमा उत्तर कोरियाले ‘परमाणु राज्य’ बन्ने आफ्नो सपना पूरा गरेको बताइएको हो ।

ह्वासोङ–१५ नाम दिइएको उक्त क्षेप्यास्त्र बुधबार विहान प्रक्षेपण गरिएको थियो । जापानी समुद्रमा खसेपछि उक्त परिक्षणको व्यापक आलोचना गरिएको थियो ।

प्योङयाङका अनुसार नेता किम जोङ–उन आफैले उक्त प्रक्षेपणमा भाग लिएका थिए ।

दक्षिण कोरियाली सेनाका अनुसार क्षेप्यास्त्र ४५०० किलोमिटर उचाईंबाट ९६० किलोमिटर टाढासम्म पुगेको थियो ।

उत्तरले पछिल्लो समय श्रृंखलाबद्ध रुपमा यस्ता परिक्षणहरु गर्दै आइरहेको छ । जसको कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको छ ।

गत सेप्टेम्बरमा पनि कोरियाले क्षेप्यास्त्र परिक्षढा गर्नका साथै छैटौँ परमाणु बमको परिक्षण समेत गरेको थियो ।

कोरियामाथि थप प्रतिबन्ध लगाइए पनि उसले आफ्नो परमाणु र क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ ।

अमेरिका, जापान र दक्षिण कोरियाले यस परिक्षणको विरोध गरेको छ ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!