काठमाडौं, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

Advertisement

लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको छ ।

बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । उनका अनुसार, अहिले घाइतेको उद्धार कार्य भइरहेको छ ।

दुर्घटनालगत्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!