घाँस काट्न सहयोग माग्दै एकान्तमा लगेर बलात्कार गरे, हँसियाले घाँटी पनि काटिदिए
विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ की १३ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या भएको खुलेको छ । आरोपी सार्वजनिक गर्दै मोरङ प्रहरीले बलात्कारपछि अंशुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको हो ।
अंशुको हत्या आरोपमा प्रहरीले छिमेकी ५९ वर्षीय पदम बहादुर अधिकारीलाई पक्राउ गरेको छ । उनलाई लेटाङ-२ फडानीस्थित आफ्नै घरबाट मंसिर १९ गते पक्राउ गरिएको मोरङ प्रहरीका एसपी कवित कटवालले जानक...






























