बिना बनिन् समानुपातिक प्रदेशसभा सदस्य

बिना बनिन् समानुपातिक प्रदेशसभा सदस्य

धनकुटा, १३ पुस । नेकपा एमाले धनकुटा सचिवालय सदस्य बिनादेवी राई (याम्फु) एमालेबाट प्रदेश सभा सदस्यमा छनौट भएकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राईसहित ७ प्रदेशका ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो । चौबिसे गाउँपालिका–६ राजारानी घर भएकी राई २०३६ साल अघि देखि नै बिद्यार्थी राजनीतिबाट राजनीति क्षेत्रमा प्रवेश गरेकी हुँन् । २०१२ सालमा भो...
एमालेले सार्वजनिक गर्यो ७५ समानुपातिक प्रदेशसभा सदस्य (नामावलीसहित)

एमालेले सार्वजनिक गर्यो ७५ समानुपातिक प्रदेशसभा सदस्य (नामावलीसहित)

काठमाडौं, १३ पुस। नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो । समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, ४ र ६ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् ।   प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल...
आँखिसल्लामा कुटपिटबाट एक युवा गंभीर घाईते, घाईतेको अवस्था चिन्ताजनक

आँखिसल्लामा कुटपिटबाट एक युवा गंभीर घाईते, घाईतेको अवस्था चिन्ताजनक

धनकुटा, १३ पुस । धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका–६ मा कुटपिटबाट एक युवा गंभीर घाईते भएका छन् । स्थानीय युवाहरुको कुटाईबाट २५ बर्षीय प्रदिप राई गंभीर घाईते भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल धनकुटामा उपचार हुँन नसकेपछि घाईते राईलाई थप उपचारका लागि बिराटनगर स्थित न्यूरो अस्पताल लगिएको छ । घाईतेको टाउकोसहित शरिरका अधिकांस भागमा चोट छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।...
धरानमा चार हात र दुई टाउको भएको बच्चा जन्मियो

धरानमा चार हात र दुई टाउको भएको बच्चा जन्मियो

सुनसरी । धरानमा चार वटा हात र दुई वटा टाउँको भएको बच्चा जन्मिएको छ ।  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरी इनरुवा ८ की सोनम मण्डलले दुई वटा टाउको र चार वटा हात एउटै जिउमा जोडिएको नवजात शिशुलाई जन्म दिएकी हुन् । धरानको घोपा क्याम्पको स्त्री तथा प्रशुती विभागमा भर्ना भएकी मण्डलले अनौठो भएपनि स्वस्थ बच्चाको जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । प्रतिष्ठानका डा. सूर्यप्रसाद रि...
कतारमा धनकुटेलीको बनभोज

कतारमा धनकुटेलीको बनभोज

कतार (दोहा) । प्रवासमा रहेका धनकुटेलीले वनभोजसहित साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गरेका छन् । धनकुटा प्रवासी सेवा समाजको आयोजनामा उम सलालमा वनभोज तथा साँस्कृतिक कार्यक्रम गरिएको हो । संस्थाका कार्यबाहक अध्यक्ष पदम कुमार घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा एन आरएन ए एनसीसी कतारका अध्यक्ष नविन पोखरेल, संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार तुलसी सुबेदी, सल्लाहकार सदस्यहरु ड...
हिलेमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

हिलेमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

धनकुटा, १३ पुस । धनकुटाको हिलेमा आगामी माघ पहिलो साता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । माघ ४ देखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको जिल्ला तेक्वान्दो संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले जानकारी दिएका छन् । राष्ट्रिय तेक्वान्दो संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद र जिल्ला खेलकूद विकास समितिको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा १ सय ७० ...
दाङमा श्रीमतीले श्रीमानका ४ औंला पोलेर खाइन् !

दाङमा श्रीमतीले श्रीमानका ४ औंला पोलेर खाइन् !

दाङ, १३ पुस। श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो । उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्रेको तुलसीपुर प्रहरीले जनाएको छ । चन्द्रबहादुरलाई बिहीबार बिहान उपचारका लागि तुलसीपु...
काठमाडौंमा भारतीय नागरिकको हत्या, ५ जना पक्राउ

काठमाडौंमा भारतीय नागरिकको हत्या, ५ जना पक्राउ

काठमाडौं, १३ पुस। बुधबार मध्यराति काठमाडौंको आमदब्लम होटलमा एक जना भारतीय नागरिकको हत्या भएको छ । भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो । मदिरा सेवन गरेका हाेटलका कर्मचारी र भारतीय नागरिकबीचकाे विवाद बढ्दै जाँदा गुरुङको हत्या भएको महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले अनलाइनखबरलाई बताए । घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेक...
ओखलढुङ्गामा भाइको कुटाइबाट दाजुको मृत्यु

ओखलढुङ्गामा भाइको कुटाइबाट दाजुको मृत्यु

ओखलढुङ्गा, १३ पुस । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–२ टाकिटारमा गएराति भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३० बर्षीय दुर्गाधन तामाङ छन् । गएराति करिव साँढे १ बजे मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षीय श्याम तामाङले दाजुलाई कुटपिट गरेका हुन् । भाईको कुटपिटबाट दाजु दुर्गा धनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ ।
प्रदेश सभा संरचना बनाउन मात्रै १ अर्ब ५ करोड लाग्ने

प्रदेश सभा संरचना बनाउन मात्रै १ अर्ब ५ करोड लाग्ने

काठमाडौं, १३ पुस । मन्त्रिपरिषद्को निर्णय नहुँदा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको छ । सरकारले प्रदेशको राजधानी तय गरिनसकेकाले मन्त्रालय अन्योलमा परेको हो । सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग सातवटै प्रदेश सभाको संरचना तयार गर्न तत्काल १ अर्ब ५ करोड माग गरेको छ । सरकारले प्रदेशको राजधानी तोक्ने सम्भावित क्षेत्रमा प्रदेश सभा सञ्चालनका लागि आवश्यक...
नेपाल विद्यार्थी संघद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी

नेपाल विद्यार्थी संघद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघका दुई समूहले छुट्टाछुट्टै माग अघि सार्दै तालाबन्दी गरेका हुन् । संस्थापन नेवि संघले क्याम्पस प्रमुखको नियुक्ति र देउवा समूहको नेवि संघले शुल्क वृद्धि घटाउने, प्रयोगशाला, लाइब्रेरी, खेलकुद सामग्री, पर्खाल निर्माणको माग अघि...
पाँच वर्षीया भतिजी जवरजस्तीकरणी गर्नेलाई १० वर्ष जेल

पाँच वर्षीया भतिजी जवरजस्तीकरणी गर्नेलाई १० वर्ष जेल

सिन्धुपाल्चोक, १२ पुस। आफ्नै भतिजीलाई जर्बजस्तीकरणी गर्नेलाई जिल्ला अदालत सिन्धुपाल्चोकले १० वर्ष कैद सजायँको फैसला गरेको छ । गएको असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर चौतारा साँगाचोकगढी नगरपालिका-११ का विदुर गिरीले जर्बजस्तीकरणी गरेका थिए । अदालतले पीडित बालिकालाई ५० हजार रुपैयाँ पीडकबाट क्षतिपूर्त्ति भराउन समेत आदेश दिएको छ । अदालतबाट सजाय पाएका गिरी अपाङ्गता भएका ...
एउटै कार्यक्रममा हिन्दु, बुद्ध, किरात, मुश्लिम र ख्रीष्टियन धर्मका अनुयायी

एउटै कार्यक्रममा हिन्दु, बुद्ध, किरात, मुश्लिम र ख्रीष्टियन धर्मका अनुयायी

धनकुटा, १२ पुष । अन्तरधार्मिक शान्ति संजाल मोरङ्गको आयोजना तथा युनाईटेड मिसन नेपाल र सामुदायिकविकास मञ्च नेपालको साझेदारीमा सुनसरीको इटहरीमा धर्मनिरपेक्षता र कानुनी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सबै धर्मको चाहाना, अहिंशा शान्तीको कामना” भन्ने मुलनाराको साथ आयोजना गरिएको एक दिवशीय कार्यक्रममा हिन्दु, वुद्ध, किरात, मुश्लिम र ख्रीष्टियन धर्मका धर्म गुरुहरु तथा अनुयायी सहभागी...
यी चार अमेरिकी सैनिकलाई किन भुल्न सक्दैन उत्तर कोरिया ?

यी चार अमेरिकी सैनिकलाई किन भुल्न सक्दैन उत्तर कोरिया ?

काठमाडौँ, १२ पुस । के तपाईंलाई थाह छ उत्तर कोरियामा केहि अमेरिकीहरु धेरै लोकप्रिय फिल्मी कलाकारहरु बनेका थिए । यी ती अमेरिकी थिए जो न त कलाकार थिए न त उनीहरुको कुनै फिल्मी दूनियासँग सम्बन्ध नै थियो । तर यी अमेरिकीहरुले केवल उत्तर कोरियाको फिल्ममा काम गरे । त्यहिँको फिल्म स्टार बने । आज जब उत्तर कोरिया र अमेरिकामा युद्धको अवस्था छ । दुबै देश एक अर्कालाई सिध्याउन चाहन्छन् । तर यहाँ जुन कुराको चर...
सरकार निर्माणबारे एमालेको नयाँ रणनीति: मधेसवादी दललाई पनि सँगै लैजाने

सरकार निर्माणबारे एमालेको नयाँ रणनीति: मधेसवादी दललाई पनि सँगै लैजाने

काठमाडौँ, १२ पुस । नेकपा एमालेले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ ।   एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको हो । एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपा...
इलाम र पाँचथरमा लोप हुँदै चौँरीपालन व्यवसाय

इलाम र पाँचथरमा लोप हुँदै चौँरीपालन व्यवसाय

मंगलबारे, १२ पुस ।  जिल्लामा चौँरीपालन व्यवसाय लोप हुँदै गएको छ । इलाम र पाँचथरको सीमावर्ती तथा भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको सन्दकपुरमा विगत वर्षमा एक सयभन्दा बढी संख्यामा रहेका चौँरीका गोठ हाल करिब दुई दर्जनको हाराहारीमा मात्र रहेका छन् । व्यवसाय लोप हुँदै गए पनि पाँचथर प्राङ्बुङबाट चौँरी व्यवसाय गर्न आएका नरबहादुर मगर नयाँ तरिकाले चौँरी पाल्न सन्दकपुर आएको बताउँछन् । “यही पेशा न...
प्रक्रिया सुरुनै नभई कर्मचारीले गरे यस्तो माग

प्रक्रिया सुरुनै नभई कर्मचारीले गरे यस्तो माग

काठमाडौँ, १२ पुस । कर्मचारी समायोजन नियमावली तयार नै नभई कर्मचारीले सरुवाका लागि अनुमति माग गर्न थालेका छन् ।  नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारीले आफूलाई पायक पर्ने ठाउँमा सरुवा माग गर्न थालेका हुन् । सामान्य प्रशासन मन्त्रालयले नियमावली जारी गरेपछि समायोजनमा जान चाहने कर्मचारीलाई आह्वान गरेर समायोजन गर्ने जनाएको छ । क...
बालकाेटमा ओली र प्रचण्डबीच वार्ता, के-के भए कुराकानी ?

बालकाेटमा ओली र प्रचण्डबीच वार्ता, के-के भए कुराकानी ?

काठमाडौं, १२ पुस । एमाले अध्यक्ष केपी शर्मा  ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच   बुधबार दिउँसो  भेटबार्ता भएको छ । ओली निवास  बालकोटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको प्रचण्डका  प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए । भेटमा अध्यक्षद्वय प्रचण्ड र ओलीबीच निकै सौहार्द वातावरणमा छलफल भएको थियो।  छलफलमा ज...
चोरीका ३० मोटरसाइकल धनीलाई हस्तान्तरण

चोरीका ३० मोटरसाइकल धनीलाई हस्तान्तरण

काठमाडौं, १२ पुस । काठमाडौं ट्राफिक प्रहरीले ३० वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको बग्गी खानामा जम्मा गरेका ३० वटा मोटरसाईकल बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।  चोरी भएका ३० वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको महाशाखाका सहप्रवक्ता डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । पीडितले दिएको उजुरीको आधार धनी पत...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं, १२ पुस । आज सुनको भाउ रु ३०० सयले बढेको छ । मंगलबार तोलामा ५५ हजारमा कारोबार भएको छापावाला सुन आज ५५ हजार ३०० सय मा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलाको ५५ हजार रहेको छ ।  मंगलबार तेजावी सुनको मुल्य ५४ हजार ७ सय रहेको थियो ।  यस्तै आज चादी तोलामा ७ सय ३५ मा कारोबार भइरहेको छ ।
एकान्तकुना क्षेत्रमा यातायात प्रभावित, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

एकान्तकुना क्षेत्रमा यातायात प्रभावित, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

ललितपुर, १२ पुस । सडक विस्तारका क्रममा बाटो खनिएपछि ललितपुरको एकान्तकुना क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ । ललितपुर ट्राफिक प्रहरीका अनुसार जावलाखेलबाट खरिबोट हुँदै एकान्तकुना र भैसीपाटी जाने तथा भैसीबाट एकान्तकुना जाने बाटोमा सवारी आवागमन प्रभावित बनेको हो । ट्रापिक प्रहरीले सो क्षेत्रमा जामको समस्या हुने भन्दै यात्रु तथा सवारीचालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
जिग्रीले जन्माएको ‘पाँणे’ झण्डै खुस्किएन !

जिग्रीले जन्माएको ‘पाँणे’ झण्डै खुस्किएन !

काठमाडौं, १२ पुस । शनिवारलाई ‘फुर्सदको समय’ मान्छन् शहरमा बस्नेहरु । अरु दिन सबैरै अफिस पुग्न पर्नेहरु पनि शनिवार अवेरसम्म उठ्दैनन् । विद्यार्थीदेखि अन्य कतिपय अभिभावकसमेत शनिवार मस्तीका साथ बिताउँछन् । एकजना व्यक्ति यस्ता छन्, जसलाई शनिबार पनि फुर्सद छैन । शनिबार त झन् उनको व्यस्तताको दिन हो । हो, हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँणे’ले ३६ हप्ता भयो, शनिवारको विदा नबसेको । अरु विहान फुर्सद हुनस...
धनकुटालाई राजधानी बनाउँन काठमाण्डौंमा बहस

धनकुटालाई राजधानी बनाउँन काठमाण्डौंमा बहस

काठमाण्डौं, १२ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन छिमेकी जिल्लाका नेता र सांसद पनि सकारात्मक देखिएका छन् । धनकुटालाई प्रादेशिक राजधानी बनाउँने सन्दर्भमा मंगलवार काठमाण्डौंमा भएको बहसमा सहभागि छिमेकी जिल्लाका नेता र सांसदहरु धनकुटा प्रति सकारात्मक देखिएका हुँन् । कार्यक्रममा तेह्रथुम प्रतिनिधि सभाका सदस्य भवानी खापुङ, तेह्रथुम प्रदेशभा (क) का सांसद लक्ष्मण तिवारी, संखुवासभाका ने...
राष्ट्रिय सभासम्बन्धी विवाद अदालतमा

राष्ट्रिय सभासम्बन्धी विवाद अदालतमा

काठमाडौं, १२ पुस । अधिवक्ता यज्ञमणि न्यौपनले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बढेको राजनीतिक अन्यौल संविधानअनुसार खुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका छन् । अधिवक्ता न्यौपानेले बुधबार बिहान राष्ट्रपति, प्रधानमन्त्री, निर्वाचन आयोग र प्रमुख तीन दल एमाले, माओवादी र कांग्रेसलाई विपक्षी बनाएर रिट पेश गरेका हुन् । आफ्नो रिट आजै २ बजे दर्ताका लागि सर्वोच्चले आफुलाई बोलाएको न्यौपा...
सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

काठमाडौँ, १२ पुस । विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको जानकारी दिए । प्रतिनिधिमण्डलमा कार्यकारी निर्...
जहाँका जनता लामाधामीलाई नै डाक्टर मान्छन्

जहाँका जनता लामाधामीलाई नै डाक्टर मान्छन्

पाल्पा, १२ पुस । जिल्लाको रिब्दिकोट गाउँपालिका–८, फेक, पेलाचौरका ७० वर्षीय जितबहादुर बगाले अहिलेसम्म बिरामी परेपछि लामाधामीकै भरमा पर्दै आएका छन् । उनी बिरामी पर्न थालेपछि पहिला लामाधामीकहाँ पुगेर उपचार गराउँछन् । “पटकपटक लामाधामीसँग उपचार गराउँदा निको नभएपछि मात्र अस्पताल जाने गरेको छु” उनले भने । “अस्पताल नजिक छैन, दिन बिताएर हिँडेर अस्पतालमा उपचार गर्न जानभन्दा घर नजिकै लामाधामीसँगै उपचार ग...
विप्लव समूहका दुई नेता जेल चलान: ज्यान मार्ने उद्योगसम्बन्धित मुद्दा

विप्लव समूहका दुई नेता जेल चलान: ज्यान मार्ने उद्योगसम्बन्धित मुद्दा

उदयपुर, १२ पुस । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर मगरलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धित मुद्दामा जेल चलान गरिएको हो ...
चुल्ठे मुन्द्रेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

चुल्ठे मुन्द्रेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ । यस्ता व्यवहार वैयक्तिक स्वतन्त्रतामा पर्ने भन्दै सर्वोच्च अदालतले जोरजबर्जस्ती नगर्न प्रहरीका नाममा आदेश दिएको हो । प्रहरीले चुल्ठेमुन्द्रेलाई पक्राउ गरी जबर्जस्ती कपाल काटिदिने, मुन्द्री निकालिदिने गर्न थालेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्र...
खोकुको पञ्चकृष्ण माविलाई एक करोड सहयोग

खोकुको पञ्चकृष्ण माविलाई एक करोड सहयोग

धनकुटा, १२ पुस । धनकुटाको खाल्सा छिन्ताङ्ग शहीदभूमि गाउँपालिका–४ को पञ्चकृष्ण माध्यमिक बिद्यालयलाई एक करोड आर्थिक सहयोग प्राप्त भएको छ । व्रिटिस गोरखा वालफेयर अफिस जिरिखिम्तीले बिद्यालयको भवन निर्माणका लागि सहयोग गरेको हो । मंसिर पहिलो सातावाट विद्यालयको भवन निमार्ण थालिएको छ । ६ महिना भित्र भवन निर्माण पुरा गर्ने गरी निमार्ण कार्य भईरहेको विद्यालयका प्रध्यानाध्यापक शमशेरमान राईले संगालोखब...
धनकुटामा दुई महिना अघि भेटिएको संकास्पद वेवारिसे शवको अझै भएन सनाखत

धनकुटामा दुई महिना अघि भेटिएको संकास्पद वेवारिसे शवको अझै भएन सनाखत

धनकुटा, ११ पुष । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा करिव दुई महिना अघि शंकास्पद अवस्थामा भेटिएको वेवारिसे शवको अझै सनाखत हुँन सकेको छैन । शरिरमा चोटपटक लागेको र वरिपरी रगत तलपतिएको अवस्थामा गत कात्तिक २५ गते सडकको नालिमा करिव ३० बर्षीया युवातीको वेवारिसे शव फेला परेको थियो । घटनास्थल र लाशको प्रकृतिका आधारमा हत्या गरेर फलिएको हुँनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो । तर, फेला परेको दुई ...
सवारी जाँचका क्रममा प्रहरीद्वारा ४ जना पक्राउ

सवारी जाँचका क्रममा प्रहरीद्वारा ४ जना पक्राउ

मकवानपुर, ११ पुस । प्रहरीले विभिन्न जिल्लामा गरेको सवारी जाँचका क्रममा चार जनालाई पक्राउ गरेको छ ।  मंगलबार मकवानपुर, रौतहट, बागलुङ लगायतका जिल्लाहरुबाट चार व्यक्ति पक्राउ परेका हुन् । मकवनापुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा उदयपुरतर्फ जाँदै गरेका १९ वर्षीय सुमन जिम्बा पक्राउ परेका छन् । ना.६ ख २३०४ नम्बरको बसमा सवार जिम्बालाई ६ किलो ५ सय ग्राम...
error: Content is protected !!