सिन्धुपाल्चोक, १२ पुस। आफ्नै भतिजीलाई जर्बजस्तीकरणी गर्नेलाई जिल्ला अदालत सिन्धुपाल्चोकले १० वर्ष कैद सजायँको फैसला गरेको छ ।

गएको असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर चौतारा साँगाचोकगढी नगरपालिका-११ का विदुर गिरीले जर्बजस्तीकरणी गरेका थिए ।

Advertisement

अदालतले पीडित बालिकालाई ५० हजार रुपैयाँ पीडकबाट क्षतिपूर्त्ति भराउन समेत आदेश दिएको छ । अदालतबाट सजाय पाएका गिरी अपाङ्गता भएका व्यक्ति हुन् ।

बालिकाको गुप्ताङ्ग पाकेपछि धुलिखेल अस्पताल लगेपछि मात्रै उनी बलात्कृत भएको डाक्टरले पुष्टि गरेका थिए ।

पछि बालिकालाई काउन्सिलिङमा ल्याएर फकाएर सोध्दा गिरीले जबरजस्तीकरणी गरेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले सबै अनुसन्धान पूरा गरी कात्तिक १२ गते जिल्ला अदालत चौतारामा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला न्यायाधीश दिपक खनालको इजलासले गिरीलाई १० वर्ष सजाय र ५० हजार क्षतिपूर्त्ति तिराउन फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

जर्बजस्तीकरणीको मुद्दामा अदालतले यो सबैभन्दा छिटो फैसला गरेको मुद्दा भएको महिला तथा बालबालिका विकास कार्यालय कि नानीमैया बस्नेतले बताइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!