
काठमाडौँ, १२ पुस । के तपाईंलाई थाह छ उत्तर कोरियामा केहि अमेरिकीहरु धेरै लोकप्रिय फिल्मी कलाकारहरु बनेका थिए ।
यी ती अमेरिकी थिए जो न त कलाकार थिए न त उनीहरुको कुनै फिल्मी दूनियासँग सम्बन्ध नै थियो । तर यी अमेरिकीहरुले केवल उत्तर कोरियाको फिल्ममा काम गरे । त्यहिँको फिल्म स्टार बने ।
आज जब उत्तर कोरिया र अमेरिकामा युद्धको अवस्था छ । दुबै देश एक अर्कालाई सिध्याउन चाहन्छन् । तर यहाँ जुन कुराको चर्चा हुँदै छ त्यो कुरा सय प्रतिशत सत्य हो ।
उत्तर कोरिया र दक्षिण कोरियाको आजको सीमालाई ३८ औँ समानान्तर रेखा भनिन्छ । यो सीमा पचासको दशकमा कोरियाली युद्धको समयमा तय भएको हो । त्यतिबेला अमेरिका समर्थित दक्षिण कोरिया रुस चीन समर्थित उत्तर कोरियाको बीचमा एकले अर्को देश कब्जाको लडाई भइरहेको थियो । तर, लडाईका नतिजा निस्केन र कोरियाली प्रायद्वीपमा विभाजनको रेखा कोरियो ।
यो सीमा रेखा पार गर्नु जोखिम युक्त थियो । दुश्मन सेनाले अगाडि आएका कुनै पनि अन्य मानिसहरुको ज्यान लिन्थे । त्योभन्दा पहिला सीमा पार गर्नेहरुको बारुदी सुरुङमा मृत्यु हुन्थ्यो ।
३८ औ समान्तर रेखालाई विश्वको सबै भन्दा खतरानाक रेखा भनेमा गलत हुँदैन । तर यो विश्व बहादुर र जोखिम मोल्नेहरुले पनि भरिएको छ ।
यस्ता केहि मान्छेहरु थिए, जुन यस सीमालाई पार गरेर उत्तर कोरिया पुगेका थिए । यी अमेरिकी सेना दक्षिण कोरियाको सहयोगको लागि ६० को दशकमा दक्षिण र उत्तर कोरियाको सीमामा तैनाथ थिए ।
यस मध्ये एक अमेरिकी सेना थिए, चाल्र्स रोबर्ट जेनकिन्स । उनको मृत्यु यहि ११ डिसेम्बर २०१७ मा भयो ।
जेनकिन्स अमेरिकाको नर्थ क्यारोलिनाका बासिन्दा थिए । उनी जनवरी १९६५मा दक्षिण कोरियामा आफ्नो सैैनिक टुकडी छोडेर उत्तर कोरिया भागेका थिए । उनले आफुसँगै एउटा राइफल पनि लिएका थिए । एक दिन उनी गस्ती गदै गर्दा उत्तर कोरियाको सीमामा गए ।
वास्तवमा उनलाई भियतनाम युद्धमा जाने इच्छा थिएन । यसकारण उनी उत्तर कोरिया भागेका थिए । यो यस्तो यात्रा बन्यो जसले गर्दा जेनकिन्सको जीवन नै बदलियो ।
उत्तर कोरियाको सीमामा पुगेपछि त्यहाँका सेनाले उनलाई बन्धक बनाए । उनले आफ्नो जिन्दगीका ३९ वर्ष उत्तर कोरियाको युद्ध बन्दीको रुपमा बिताए । १९६२ मा अन्य तीन जना अमेरिकी सेना यसरी नै उत्तर कोरिया पुगेका थिए । यी चार जनालाई पछि एकै ठाउँमा राखियो ।
यिनीहरुमाथि सधै निगरानी राखिन्थ्यो । चारै जना अमेरिकी सेनालाई उत्तर कोरियामा एउटै कोठामा राखेको थियो ।
यी चार अमेरिकीले उत्तर कोरियामा खतराले भरीपूर्ण जिवन विताए । यी कैदीहरु मोजमोस्ती गर्न कैदको बन्धन तोडेर भाग्थे । यिनीहरु सकारका सामानहरु चोरी गर्थे । जंगलमा भाग्थे । यो लामो समयमा भगौडा सेनाहरुकोलागि मोजमस्तीको माध्यम थियो ।
रोबर्ट जेनकिन्सले आफ्ना यी अनुभवको सन् २००९मा आत्मकथा लेखेका थिए । यसको नाम थियो ‘द रिलक्टेन्ट कम्युनिष्ट’ ।
६० को दशकमा उत्तर कोरियामा कम्युनिष्ट किम इल सुङले शासन गर्थे । उनका छोरा किम जोङ इल फिल्मको शौखिन थिए । इलले फिल्म बनाएर उत्तर कोरियाका नीतिहरुको प्रचार गर्ने निश्चिय गरे ।
पहिलो फिल्ममा तीनै चार जनामध्ये एक जना अमेरिकी सेना जेम्स ड्रेस्नाकलाई खलनायक बनाइयो । उनले सन् १९६२ मा उत्तर कोरियामा शरण लिएका थिए । इलले फिल्म बनाउनको लागि आफ्नो देशका निर्देशकहरुलाई अन्य देशमा पठाएका थिए फिल्म बनाउने कला सिक्नको लागि ।
सन् १९७२मा उत्तर कोरियाको चर्चित फिल्म ‘द फ्लावर गर्ल’प्रर्दशन भयो । यसमा एउटी उत्तर कोरियाको युवतीले जमिनदारको विरुद्ध लडाई गरेको कथा थियो । फिल्मकी हिरोइन हान्ग याङ्ग हुइ यति लोकप्रिय भइन् उनको फोटो २००९ सम्म उत्तर कोरियाका नोटहरुमा छापिए । हान्गलाई उनको फिल्म नामबाट चिन्न थाले ।
१९७८ मा उत्तर कोरियाले ‘अनसंग हिरोज’को नामले बीस भागको श्रृंखलामा काम सुरु गर्यो । यसमा रोबर्ट जेनकिन्स ले डाक्टर केल्टन नामको खलनायकको भूमिका निभाए । डाक्टर केल्टनको जिन्दगीको एउटै उद्देश्य देखाएको थियो । ऊ चाहन्थ्यो कि उत्तर कोरिया र अमेरिकामा युद्ध चलिरहोस् । यसबाट अमेरिकी हतियार निर्माताहरुलाई फाइदा हुँदै रहोस् ।
यो भागमा अमेरिकी सेना जेम्स ड्रेस्नाकले एक अमेरिकी कमाण्डर अर्थरको भूमिका निभएका थिए । उनी एक युद्ध बन्दी क्याम्पका प्रमुख बनाइएका थिए । जो धेरै अत्याचार गर्थे । त्यहि रैली एब्शियर नामको अर्का अमेरिकी सेना यी दुवैको मातहत कार्ल बनेको थियो । पैरिश नाम गरेका एक अर्को सेना उत्तरी आइरल्याण्डको फौजी लुइस बनेका थिए थियो ।
पैरिशको भूमिका उत्तर कोरियाका जनताले धेरै मनपराउने थियो । किन कि उसले अमेरिकी र बेलायती सेनाहरुलाई मन पराउदैन थियो । उत्तर कोरियाको राजधानी प्याङयाङको सडकमा उनको हिरोको झै स्वागत गरिन्छ । उनलाई एक कम्युनिस्ट हिरो मानिन्थ्यो ।
यी चार अमेरिकी युद्ध बन्दी सैनिकहरुले न त धेरै पढेका थिए । न त जिन्दगीमा कहिल्यै अभिनय नै सिकेका थिए । तै पनि उनीहरु उत्तर कोरियाइ फिल्ममा काम गरे । यसकारण यी चार जनालाई उत्तर कोरियाली जनता राम्रो सँग चिन्छन् । जब यिनीहरुबाहिर घुम्न निस्कन्थे मान्छेहरु अटोग्राफ माग्थे । यी सबै कुरा जेनकिन्सले आफ्नो आत्मकथामा लेखेका छन् ।
३९ साल उत्तर कोरियाको कैदमा बसेका जेनकिन्सले २०००मा आफ्नो जिवनको अनित्म फिल्ममा काम गरेका थिए । यो फिल्मको नाम प्याब्लो थियो । यो फिल्म १९६८को घटनामा आधारित थियो । अमेरिकी जहाज प्युब्लो मा उत्तर कोरियाले हमला गरेर आफ्नो कब्जामा लिएको थियो । यस जहाजलाई पछि म्युजियम बनाइयो ।
जेनकिन्स बाहेक ड्रेस्नेकले पनि कयौ फिल्मा काम गरे । उनले जेनकिन्सको भन्दा बढी प्रचलित थिए । उसले एक फिल्म ‘फ्रम ५ पिएम टु ५ एएम’मा काम गरे । यसमा उत्तर कोरियाको एक सैनिक टुकडीलाई केबल १२ घण्टामा एक अमेरिकी हमलालाई असफल बनाउनु थियो । यो फिल्ममा ड्रेस्नेकले अमेरिकी कमाण्डरको भूमिका निभाए ।
यी अमेरिकी सेनालाई किम जोग इलका फिल्मी शौकको पूरा गर्नको लागि प्रयोग गरे । इललाई अमेरिकी फिल्म धेरै मन पथ्र्यो । जुन फिल्ममा उनले अंग्रेजी भाषा तथा डाइलग बुझ्दैन थिए त्यसमा उनले अमेरिकी सेनाको सहयोग लिन्थे । उनीहरुलाई पूरा फिल्म हेर्न भने दिइँदैन थियो । जुन आफूले बुझेका थिएनन् त्यहि भाग देखाउथे । त्यसको अर्थ भन्नु पथ्यो ।
एब्शियको ४० बर्षको उमेरमा हृयदयघातबाट मृत्यु भयो । पैरिशको मृत्यु १९९० मा मृगौला फेल भएर भयो ।
जेनकिन्सले अपहरण गरेर ल्याएकी जापानी महिलासँग विवाह गरे । त्यसपछि २००४ मा जापान जाने अनुमति पाए ।
त्यसपछि जेनकिन्सले उत्तर कोरियामा बस्दाको अनुभवको आधरमा २००९ मा किताब लेखे । जेम्स जोसेफ ड्रेस्नेकले उत्तर कोरियाकी महिलासँग विवाह गरे । तर ड्रेस्नेक जेनकिन्सलाई मनपराउदैन थिए । जेनकिन्स अमेरिका जाने कुरा गर्थे तर उनी उत्तर कोरियालाई नै घर जस्तो मान्थे । यी चार जनालाई उत्तर कोरिया अहिले पनि सम्झन्छन् ।















