काठमाडौं, १३ पुस। नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो ।

समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, ४ र ६ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् ।

 

प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला भएका हुन् ।

एमालेले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट पाएको छ ।

प्रदेशसभा सदस्यहरुको नामावलीः 

प्रदेश १ (१५ जना सदस्य)
विनादेवी राई
सावित्रा जोशी
उषाकला राई
कृष्णकुमारी राई
पदमकुमारी गुरुङ
होमकुमारी सावाँ लिम्बू
आशा जवेगु
यशोदा अधिकारी
अम्विका थापा
सरिता थापा
सावित्रा रेग्मी
सुनिताकुमारी चौधरी
जसमाया गजमेर
बसन्तीदेवी यादव
गुलेफुल मियाँ

प्रदेश २ (७ जना सदस्य)
अनिता यादव
मञ्जु यादव
जकता रैनदेवी
सुडिन साह
नजमा खातुन
सीता गुरुङ
रवीन्द्र बैठा
डा. मनोज सिंह

प्रदेश ३ (१६ जना सदस्य)
बेलीमाया घले
जुनेली श्रेष्ठ
सरस्वती बाटी
शान्ति थिङ
देवकी श्रेष्ठ
इन्द्रमाया गुरुङ
सीता लामा
आसमाया तामाङ
उर्मीला कर्माचार्य
रचना खड्का
मुनु सिग्देल
सरस्वती बस्नेत
गोमा भुर्तेल
मीना ज्ञवाली
पार्वती सिलवाल
मैना अछामी

प्रदेश ४ (१० जना सदस्य)
चन्द्रमोहन गौचन
मायानाथ अधिकारी
मित्र कुमारी गुरुङ
मीना गुरुङ
सावीत्री राना
सिर्जना शर्मा
प्रभा कोइराला
पुष्पा केसी
लक्ष्मी सुनार
जुनादेवी नेपाली

प्रदेश ५ (१३ जना सदस्य)
रमा घर्ती
थानकुमारी थापा
विमला शर्मा पन्थी
सरस्वती गौतम
जालपादेवी भुसाल
भगवतीदेवी भण्डारी
कृष्णा थारु
धमकली चौधरी
कमलादेवी विक
आशा स्वर्णकार
सुनिता कुमारी थठेर
चिन्तावती कुर्मी
फौजीयार नसिम

प्रदेश ६ (६ जना सदस्य)
मीना सिंह रखाल
कौशिलावती खत्री
बदमी बोहोरा
पद्मा खड्का
देवी ओली
राजु नेपाली

प्रदेश ७ (८ जना सदस्य)
माया भट्ट
मनकुमारी साउद
पूर्णा जोशी
माया तामाङ बोहोरा
सुशीला बुढाथोकी
चुनकुमारी चौधरी
दुर्गा विक
अर्चना गहतराज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!