
ललितपुर, १२ पुस । सडक विस्तारका क्रममा बाटो खनिएपछि ललितपुरको एकान्तकुना क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ ।
ललितपुर ट्राफिक प्रहरीका अनुसार जावलाखेलबाट खरिबोट हुँदै एकान्तकुना र भैसीपाटी जाने तथा भैसीबाट एकान्तकुना जाने बाटोमा सवारी आवागमन प्रभावित बनेको हो ।
ट्रापिक प्रहरीले सो क्षेत्रमा जामको समस्या हुने भन्दै यात्रु तथा सवारीचालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।















