संगालोखबर सम्वाददाता

काठमाण्डौं, १२ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन छिमेकी जिल्लाका नेता र सांसद पनि सकारात्मक देखिएका छन् । धनकुटालाई प्रादेशिक राजधानी बनाउँने सन्दर्भमा मंगलवार काठमाण्डौंमा भएको बहसमा सहभागि छिमेकी जिल्लाका नेता र सांसदहरु धनकुटा प्रति सकारात्मक देखिएका हुँन् ।

धनकुटा राजधानी बनाउँने बिषयमा काठमाण्डौंमा आयोजित कार्यक्रम ।

कार्यक्रममा तेह्रथुम प्रतिनिधि सभाका सदस्य भवानी खापुङ, तेह्रथुम प्रदेशभा (क) का सांसद लक्ष्मण तिवारी, संखुवासभाका नेता तथा अधिवक्ता शेरबहादुर कार्की लगायतले प्रादेशिक राजधानीका लागि धनकुटा उपयुक्त रहेकाले प्रदेश सभाको पहिलो बैठक धनकुटामा गर्न सरकारलाई आग्रह गरेका छन् ।

Advertisement

त्यस्तै धनकुटा प्रदेश सभा (क) का सांसद निरन राई, प्रदेशसभा (ख) का सासंद इन्द्रमणी पराजुली, पूर्व सांसद हेमराज भण्डारी, मनोहर नारायण श्रेष्ठ लगायतले हरेक हिसावले उपयुक्त रहेकाले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरे ।

मोरङका एमाले नेता महेश रेग्मीले प्रादेशिक राजधानीका लागि बिराटनगर पहिलो प्राथमिकतामा भएपनि धनकुटा राजधानी भएमा आफुहरु स्वीकार गर्न तयार हुने धारणा राखे । उनले बिराटनगर राजधानी हुँदा पनि धनकुटाबासीले स्वीकार गर्न तयार हुँनुपर्ने बताए ।

छलफलमा बोल्ने बक्ताहरुले धनकुटा राजधानी बन्नुपर्नेमा जोड दिएको कार्यक्रमका अध्यक्ष एवं धनकुटालाई राजधानी बनाउँन दवाव दिन गठित आन्दोलन संघर्ष समितिका संयोजक उमेश घिमिरेले संगालोखबरलाई जानकारी दिए ।

कार्यक्रममा मानवअधिकारकर्मी विदुर सुवेदी र पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष बिजयसन्तोषी राईले धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउनु पर्ने आधारपत्र प्रस्तुत गरेका थिए ।

काठमाण्डौंमा बस्दै आएका धनकुटासहित छिमेकी जिल्लाका ब्यक्तिहरु, राजधानीका लागि दवाव दिन धनकुटाबाट गएको टोलीका पदाधिकारी लगायत पनि कार्यक्रममा सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!