काठमाडौं, १२ पुस । काठमाडौं ट्राफिक प्रहरीले ३० वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको बग्गी खानामा जम्मा गरेका ३० वटा मोटरसाईकल बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

Advertisement

 चोरी भएका ३० वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको महाशाखाका सहप्रवक्ता डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

पीडितले दिएको उजुरीको आधार धनी पत्ता लगाइएको मोटरसाईकल हस्तान्तरण गरिएको हो । बग्गीखानामा अझै २७ वटा चोरी मोटरसाईकल रहेको र उनीहरुको पनि धनी पत्ता लगाउन अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले काठमाडाैं उपत्यका भित्रबाटै धेरैजसो मोटरसाइकल चोरी भएको पनि स्पष्ट पारेको छ । चोर्री मोटरसाईकल बेच्न खोज्ने क्रममा ग्यारेजमा पु¥याएपछि नियन्त्रणमा लिन सफल भएको पनि डिएसपी मरासिनीले जानकारी दिए ।

केही मोटरसाईकल बेवारिसे अवस्थामा छाडिएको भेटिएको पनि महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले धनी नखुलेका चोरीका मोटरसाईकल भने आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयमा पठाउने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!